दुर्घटनामा एकै परिवारको तीन जनाको मृत्यु

तराइ संचार
तराइ संचार 630 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको पथलैयामा आइतवार साँझ दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटी चालक निजगढ नगरपालिका वडा नं.१० बस्ने बर्ष २५ का तिर्थमान स्याङगतान ,उहाँको श्रीमती बर्ष २२ का ज्योती स्याङगतान र एक बर्षको काखे बच्चा रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

पथलैयाबाट निजगढतर्फ जादैँ गरेको प्रदेश २ ०३ ००४४४४२ नम्बरको स्कुटी र निजगढतर्फबाट आउँदै गरेको ना ४ प ७२४२ नम्बरको बस पथलैयाको दुधौरा खोला नजिक एक आपसमा ठक्कर खाएको थियो । बसको ठक्करबाट स्कुटीमा सवार तीनै जनाको घट्ना स्थलमै मृत्यु भएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content