निजगढ । लामो समय उद्धघाटन सकेरपनि नयाँ नेतृत्व चयन गर्न नसकेको नेकपा एमाले निजगढ नगर कमिटीको अध्यक्ष लगायत पदाधिकारीमा सहमति भएसगै आज सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष पदका लागि उम्मेदबारहरुबिच तिब्र प्रतिस्पर्धाका कारण सहमति हुन सकेको थिएन । प्रथम नगर अधिवेशनको अध्यक्ष मण्डलका सदस्यहरुको बैठकले अध्यक्ष सहित ५ जना पदाधिकारीको नाममा सहमति गरको र आज सपथ ग्रहण भएको हो ।
नगर कमिटीको अध्यक्षमा सुरथ पुरी, उपाध्यक्षमा भोलाप्रसाद गौतम, सचिवमा तिलक घलान र सहसचिवमा थानेश्वर सापकोटा ‘अविरल’ तथा मनमाया विक चयन भएका हुन। उद्धघाटन पछि निर्वाचनको कार्यक्रममा सहमति हुन नसकेपछि पाचै उम्मेदबारले कार्यदललाई समिति चयन गर्ने अधिकार दिएको थियो । पुरी नेकपा एमाले निजगढ गाउँ कमिटिको तीन कार्यकाल काम गरी सकेका अनुभवीरुपमा चिनिन्छन । त्यसैगरी २०६९ देखि क्षेत्रिय समितिमा र केही दिन अघि जिल्ला सदस्यमा समेत मनोनित भई काम गर्दै आएका छन् ।
गत मंसिर ४ गते उद्धघाटन कार्यक्रम भब्यरुपमा गरेपनि कार्यसमिति चयन नहुदा कार्यकर्ताहरुमा निरास हुदै आएका थिए । अधिवेशनले नगर कमिटीका सदस्यहरु निर्विरोध चयन गरेर पनि पदाधिकारीमा सहमति नभएपछि नयाँ नेतृत्व चयन बिना नै अधिवेशन स्थागित भएको थियो ।
अध्यक्ष पदको लागि वर्तमान अध्यक्ष दिलबहादुर लामा, पूर्वअध्यक्ष सुरथ पुरी, तिलक घलान, थानेश्वर सापकोटा र जयराम कुवरले दावी गर्दै आउनु भएको थियो । ६९ सदस्यिय यस अघिनै निर्वाचनबाट चयन भई सकेको छ भने ७५ सदस्यिय समिति हुनु पर्नेमा बाँकी ६ जना कार्यसमितिले चयन गर्ने कार्यदलका सदस्य अम्बिका चौलागाईले बताए ।