निजगढ । महिला बिकास केन्द्र निजगढको अध्यक्षमा चन्दा लामा चयन भएकीछिन । मंगलबार सम्पन्न केन्द्रको २२ औ साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्य समितिको चयन गरेको हो । गठित कार्यसमितिको उपाध्यक्षमा उर्मिला ढुंगाना,सचिवमा मनमाया तामाङनि र कोषाध्यक्षमा बबिता सापकोटा चयन भएको महिला बिकास केन्द्रकी निवर्तमान अध्यक्ष कल्पना खरेलले बताउनु भयो ।
निजगढ नगरपालिका क्षेत्रमा महिलाहरुको अधिकार र संरक्षणको लागि केन्द्रलाई आगामी दिनहरुमा थप सशक्त बनाउने आफ्नो लक्ष रहेको केन्द्रकी नव निर्वाचित अध्यक्ष चन्दा लामाले बताउनुभयो ।
निवर्तमान अध्यक्ष कल्पना खरेलको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन प्रमुख अतिथि निजगढ वडा नम्बर ८ का अध्यक्ष टेक बहादुर लामाले गर्नु भएको थियो । कार्यक्रममा महिला बिकास केन्द्र निजगढकी संस्थापक अध्यक्ष माला लामा, पुर्व अध्यक्षहरु बिष्णु नेपाल, गङ्गा शिवाकोटी लगायतको सहभागिता रहेको थियो ।