बारा । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत केन्द्रिय समितिमा दूई महामन्त्री पाएको बाराले प्रदेश नं. २ को प्रथम ऐतिहासिक प्रदेश अधिवेशनबाट बारा जिल्ला कार्य समितिका कोषाध्यक्ष चन्द्रशेखर यादब प्रदेश उपसभापति निर्वाचित भएका छन् ।
यस अघि सम्पन्न केद्रिय समितिमा फर्मुला मंसुर र उमाकान्त चौधरी सहमहामन्त्री बनी सकेका छन ।
यसैगरी बारा जिल्लाका महाधिवेशन प्रतिनिधि एवम नेपाली काग्रेस बाराका जिल्ला कार्य समिति सदस्य जयनारायण यादब प्रदेश सह–महामन्त्रीमा निर्वाचित भएका छन् । यसैगरी बारा जिल्लाबाट अतिउर रहमान पप्पु , महाधिवेशन प्रतिनिधि उपेन्द्र जयसवाल, महाधिवेशन प्रतिनिधि सिता कुमारी पासवान , महाधिवेशन प्रतिनिधि सिता मैनाली र निजगढ निवासी मनमाया तामाङनी प्रदेश सदस्य भएका छन् ।
योसगै बाराबाट केन्द्रमा दुई सहमहामन्त्री जितेको बाराले प्रदेशमा भने सात पद हासिल गरेको छ ।