सिमरा । प्रेस चौतारी नेपाल, बाराको पाँचौं जिल्ला अधिवेशन बिहीवार सम्पन्न भएको छ । सम्पन्न जिल्ला अधिवेशनले दिवाकर भण्डारीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा राधेश्याम पटेल, निलिशा वर्मा, सचिवमा अनिल तिवारी, सहसचिव इन्दीप कोइराला, कोषाध्यक्षमा थानेश्वर सापकोटा, सदस्यहरू श्याम गुप्ता, मीनाक्षी चौधरी, दुश्यन्त चौधरी लगायत २५ सदस्य रहेका छन् ।
यसैगरी, माघ २२ गते पोखरामा हुने महाधिवेशनका लागि गोकुल घोरसाइने, पुष्पराज खतिवडा, लक्ष्मी साह र मनीता पाण्डे प्रतिनिधि चयन भएका छन् । कार्यक्रममा वीरेन्द्र साह स्मृति पुरस्कार नगद ५ हजारको पुरस्कार २२ वर्ष देखि बाराबाट पत्रकारिता गर्दै आएका शम्भू महतोलाई प्रदान गरिएको थियो ।
सिमरामा आयोजित अधिवेशनको चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गर्नु भएको थियो ।
प्रेस चौतारी नेपाल, बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा केन्द्रीय उपाध्यक्ष लालबाबू शेख, केन्द्रीय सल्लाहकार महेश दास, पूर्वउपाध्यक्ष श्रीधर पौडेल, केन्द्रीय सदस्यहरू केसी लामिछाने, प्रकाश लम्साल , अच्युत पौडेल, कमल उपाध्याय, प्रकाश दाहाल, प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा रुद्र धितालले स्वागत र पुष्पराज खतिवडाले सहजीकरण गरेका थिए ।