सिकेन्द्र पासवान
बारा । नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले अव हुने तीनै तहको निर्वाचनमा काँग्रेस बहुमत ल्याउने ठोकुवा गर्नुभएको छ ।
नेपाली काँग्रेस कलैया उपमहानगरपालिका द्धारा आयोजित सम्मान कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका मंसुरले तत्कालिन प्रधानमन्त्री शुसिल कोईरालाको नेतृत्वमा संविधान जारी भई प्रधानमन्त्री शेरबहादुर देउवाले तिनै तहको निर्वाचन सम्पन्न गरी संघिय लोकतान्त्रीक गणतन्त्र नेपाललाई संस्थागत गर्ने काममा नेपाली काँग्रेस पार्टीले देखाएका साहसी र उदाहरणीय कामको नेपाली जनताले मुल्याकन गर्ने बताए ।
नेपाली काँग्रेस पार्टीलाई तिनै तहको निर्वाचन नेपाली जनता दिल खालेर बिजयी गराउने कुरामा आफु पुर्ण बिश्वस्त रहेको मंसुरले बताउनु भयो । मुलुकको हरेक परिवर्तनमा नेपाली काँग्रेसले खेलेको भुमिका नेपाली जनता सामु नलुकेको र हरेक संकटमा देशलाई बचाउने दिशामा पनि काँग्रेसको भुमिका महत्वपुर्ण रहेको उनले बताए । देशमा शान्ति सुरक्षा, अमन चयन कायम गर्दै बिधीको शासनलाई कायम गराउन एवम प्रेस स्वतन्त्रतालाई बहाल गर्ने दिशामा पनि काँग्रेसको भुमिका निकै महत्वपुर्ण सहमहामन्त्री मंसुरले बताउनुभयो ।
योग्य र पार्टीमा काम गर्ने निष्ठामान नेता तथा कार्यकतालाई उचित ठाँउ दिनमा आफु कुनै प्रकारको बिभेद नगर्ने भन्दै नेता मंसुरले हिजोको सबै तिक्ततालाई बिर्सेर काँग्रेसलाई मजबुत बनाउने दिशामा सक्रिय हुन आब्हान समेत गर्नु भयो । महामानव विपी कोईरालाले आजैका दिन देश र जनताका भलोका लागि मेल मिलाप लिएर प्रवासबाट नेपाल फर्केका स्मरण गराउदै सह महामन्त्री मंसुरले पार्टीमा पनि मेलमिलाप, एकता, सहकार्य र सहमतिको खाचो रहेको बताउनु भयो ।
अव पार्टीमा होईन विपक्षीहरु संग लडने बेला आएको हुदा कुनै प्रकार मनमा संन्देह नराखी निष्ठापुर्वक पार्टीलाई जिताउन काममा लाग्ने सबैलाई निर्देशन दिनुभयो ।
सहमहामन्त्री मंसुरमा मैले पाउनुपर्ने सबै कुरा पाई हाले, मेरो परिवारमा रहेको कोही सदस्यहरुका लागि केही गर्नुछ नत मेरा लागि पनि त्यसैले मेरो सिगौ जिवन पार्टी र कार्यकर्ताहरुको लागि हुनेछ भने कुरामा विस्वस्त हुन सबैलाई अपिल गरे ।
सबैलाई मिलाएर दरिलो काँग्रेस निर्माण गर्ने काममा लाग्ने प्रतिवद्धता समेत ब्यतm गर्नुभयो । नगरसभा पुरुषोत्तम सिह पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश २ का नवनिर्वाचित उपसभापति चन्द्रशेखर कुमार यादव, पार्टी सभापति जयचन्द्र चौरसिया, प्रदेश सदस्य उपेन्द्र प्रसाद जयसवाल, अतिउर रहमान, सिता कुमारी मैनाली, सिता कुमारी पासवान, पुर्व मन्त्री कलावती पासवान, संविधानसभा सदस्य मधु शाही, प्रदेश साँसद शोभा लामा, कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव, सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादव, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ख का प्रत्यासी उम्मेदवार मणि भुषण यादव, नेपाली काँग्रेस पार्टी संगठन बिभाग प्रमुख शम्भु बहादुर बुढाथोकी लगायतको सहभागिता रहेको थियो । सह महामन्त्री मंसुर काठमाडौबाट निजी हेलिकप्टर प्रयोग गरी अमलेखगंजमा आउनु भएको थियो । उहाँको स्वागत सिमरा, बडहर्वामा पनि गरिएको थियो ।