द सहारा लोन सेविंग्स कोआँपरेटिभ सात करोड ९३ लाख ९८ हजार खुद नाफा आर्जन गर्न सफल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । द सहारा लोन सेविंग्स कोआँपरेटिभ सोसाइटी लि. प्रधान कार्यालय मलंगवाले यस बर्ष सात करोड ९३ लाख ९८ हजार एक सय एक रूपैयाँ र ७२ पैसा खुद नाफा आर्जन गर्न सफल भएको छ ।
आगामी आ. व. ०७९÷०८० मा ४२ करोड ४ लाख ८७ हजार ५० रूपैयाँ खुद नाफा आर्जन गर्ने अनुमानित लक्ष्य लिएको द सहारा लोन सेविंग्स कोआँपरेटिभ सोसाइटी लि.ले बाराको कलैया स्थित रहेको एभरेस्ट लँजमा सम्पन्न २५ औँ वार्षिक साधारण सभा सो लक्ष्य लिएको हो । सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्ष नागेन्द्र कुमारद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन सञ्चालक समितीका राकेश पाण्डेले प्रस्तुत गरेका थिए । संस्थाको २०७८ साल मंसिर महिनासम्म शेयर पुँजी ३० करोड २५ लाख २२ हजार चार सय रहेको छ । संस्थाको कलैयाको कुल सेयर सदस्य दुई हजार छ सय ५७ रहेको छ। यसबर्ष कलैया शाखाको मात्र ८० लाख ४६ हजार एक सय ४७ रूपैयाँ मुनाफा आर्जन गरेको बारे संचालक समिति सदस्य राकेश पाण्डेयले जानकारी दिए ।
उक्त कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेश लालदास , प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव, समाजवादी प्रेस संगठन नेपाल बाराका अध्यक्ष अजय साह , पत्रकार मुकेश यादव , प्रहरी नायव उपरिक्षक राज्य थापा , पर्यटन पत्रकार समाज बाराका अध्यक्ष पवन यादव , ब्रह्म कुमारी राजयोग यका सुष्मा बहन, गंगा बहन लगायतकोले मन्तव्य व्यक्त गरेको थिए । सञ्चालक समितिका सदस्य राकेश पाण्डेयको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रममा बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेधाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन जयनारायण यादवले गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य पुनम गुप्ताले गरेकी थिईन् ।

शेयर
प्रतिक्रिया
Skip to content