निजगढ / महिला तथा बालिकाहरु असुरक्षित भईरहेका समयमा निजगढ नगरपालिकाले आयोजना गरेको आधारभूत किशोरी आत्मारक्षा ५ दिने तालिम फलदायी भएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले बताउनु भएको छ । आइतबार सम्पन्न तालिम नगरपालिकाको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको हो । तालिममा नगरका माध्यमिक विद्यालयबाट कक्षा ९ र १० कक्षामा अध्ययन गर्ने ४/४ जनाका दरले करिव ३ दर्जन दर्जन किशोरीहरुको सहभागिता रहेको थियो ।
तालिममा समस्यामा परेको समयमा कसरी महिलाहरुले प्रतिरक्षा गर्ने भन्ने बारेमा प्रशिक्षण दिईएको थियो ।
किशोरीहरुको आत्माबल बढाउन र प्रतिरक्षा सीप सिकाएर समाजमा बढदै गएको महिला हिंसाका घटना न्युनीकरण गर्न सहयोगी हुने सहभागीहरुले बताएका थिए । कार्यक्रममा प्रमुख खनाल, उपप्रमख लिलादेवी लामिछाने, कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की र नेपाल सेल्फ डिफेन्स संघकी प्रशिक्षक राधिका ऐर र महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाकी निरीक्षक मेनका खडकाले मन्तब्य ब्यप्त गरेका थिए । तालिमको महत्व बारेमा बोल्दै तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभएको थियो ।
तालिमको समापन कार्यक्रममा नगर बाल सन्जालकी कृर्तिका धिताल, मुना माया मगर, निरा लामा र स्वस्तिका बोलखे लगायतले बोल्नुभएको थियो । तालिममा सहभागी किशोरीहरुलाई निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लिलादेबी लामिछाने र प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
समापन कार्यक्रममा किशोरीहरुले आफुले सिकेको आत्मारक्षा संबन्धि सीपमा आधारित प्रदर्शन समेत गरेका थिए ।