नेपाली कांग्रेस बाराको अधिवेशन माघ १५ लाई स¥यो, एक नेताले अर्को नेताको अस्तित्व नस्वीर्कादा प्रतिस्पर्धा रोचक

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाली कांग्रेस जिल्ला कार्य समिति बारा लगायत यसअघि अधिवेशन हुन नसकेका १६ जिल्लाहरुको अधिवेशन माघ १५ गते हुने भएको छ । यस अघि पुस २७ गतेलाई तोकिएको जिल्ला अधिबेशन माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिएका छन् ।

निर्वाचन समितिले नेताहरुको परामर्शमा राष्ट्रिय सभाको निर्वाचनमा समय दिनुपर्ने भएको भन्दै १६ जिल्लाको निर्वाचन सारेपछि निर्वाचनमा होमिएको बारा फेरी सेलाउने भएको छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी छ ।

बारामा हालसम्म तीन नेताहरुले सभापतिमा दाबेदारी प्रस्तुत गर्दै प्रचारप्रसारमा दैडिएका छन् । देउवा समूहबाटै नव निर्वाचित दुई सहमहामन्त्रीहरुले आ–आफना उम्मेदबार खडा गरेका छन । सहमहामन्त्री फर्मुला मंसुरले संगठन विभागका प्रमुख शम्भु बहादुर बुढाथोकीलाई उम्मेदबार बनाएका छन् भने सहमहामन्त्री उमाकान्त चौधरीले रामानन्द यादबलाई सभापतिमा अघि सारेका छन् । त्यसै गरी देउवा समूहकै प्रतिनिधित्व गर्दै आएका पुर्व सभापति एवम पुर्व केन्द्रिय सदस्य राधेचन्द्र यादबले आफना छोरा कलैया नगरपालिकाका नगरप्रमुख राजेशराय यादबलाई सभापतिमा अघि सारेका छन् ।

देउवा समुह एक भएको अबस्थामा पहिलो चरणमै ५१ प्रतिशत आउने सम्भावना भएपनि तीन नेताले आ–आफनो सभापतिको उम्मेदबार प्रस्तुत गरेपछि नेपाली काग्रेस बारामा सभापतिको निर्वाचन पहिलो चरणमा ५१ प्रतिशत आउन नसक्ने र दोश्रो चरणमा को हट्ने र कसलाई समर्थन गर्ने निश्चित छैन । आफनो जिल्ला सभापतिमा बर्चश्व राख्न केन्द्रिय नेताहरु कार्यकर्ता तानातानमा लागेका छन् ।

निर्वाचन सरेका कारण उम्मेदबारी थप हुन्छ की तीन नेतामै सिमित हुन्छ हेर्न बाँकी छ । जे होस यस पटक एक नेताले अर्को नेताको अस्तित्व नस्वीर्कादा प्रतिस्पर्धा रोचक बनेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content