बन्ने भयो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल , प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय बैठक

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 781 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । झण्डै ३० बर्ष अघिदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्रकृया अगाडी बढ्ने भएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो, छरितो निर्माण अगाडि बढाउनुपर्छ भनेर सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सर्वदलीय बैठक सम्पन्न भएको छ।

बैठकबाट एउटा मास्टर प्लान तयार भएको बताईएको छ । यसका लागि छिट्टै हामी अवलोकन गरेर, ९ अर्बदेखि १० अर्ब टांगिया बस्तीलाई अन्यत्र सार्नका लागि मुआब्जाको बन्दोबस्त गरेर निमार्ण कार्य अघि बढने भएको छ । बजेटको व्यवस्थापन गरेर अधिग्रहणको काम सम्पन्न गरेर यसलाई कुन मोडलमा एयरपोर्ट निर्माण गर्न भन्ने निर्णयमा पुग्ने बताईएको छ । नेपाल सरकारको बजेट वा दातृ निकायको सहयोगबाट विभिन्न मोडलमा निर्माण कार्य अगाडि बढाउन तिब्ररुपमा गृहकार्य अगाडि बढाउन समेत प्रधानमन्त्री देउवाले निर्देशन दिएकाले अब निजगढ विमानस्थल निर्माणको काम अघि बढ्ने विश्वास जागेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ विमानस्थलको सम्बन्धमा भएको छलफलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाटो खुलेका हो ।

 

सामग्री
निजगढ । झण्डै ३० बर्ष अघिदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्रकृया अगाडी बढ्ने भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो, छरितो निर्माण अगाडि बढाउनुपर्छ भनेर सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकबाट एउटा मास्टर प्लान तयार भएको बताईएको छ । यसका लागि छिट्टै हामी अवलोकन गरेर, ९ अर्बदेखि १० अर्ब टांगिया बस्तीलाई अन्यत्र सार्नका लागि मुआब्जाको बन्दोबस्त गरेर निमार्ण कार्य अघि बढने भएको छ । बजेटको व्यवस्थापन गरेर अधिग्रहणको काम सम्पन्न गरेर यसलाई कुन मोडलमा एयरपोर्ट निर्माण गर्न भन्ने निर्णयमा पुग्ने बताईएको छ । नेपाल सरकारको बजेट वा दातृ निकायको सहयोगबाट विभिन्न मोडलमा निर्माण कार्य अगाडि बढाउन तिब्ररुपमा गृहकार्य अगाडि बढाउन समेत प्रधानमन्त्री देउवाले निर्देशन दिएकाले अब निजगढ विमानस्थल निर्माणको काम अघि बढ्ने विश्वास जागेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ विमानस्थलको सम्बन्धमा भएको छलफलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाटो खुलेका हो ।पछिल्लो समय सबै काम सकिएर पनि कुन मोडेलमा निर्माण गर्ने भन्ने निर्णय सरकारले नगरेका कारण सुस्त बनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका प्रेमबहादुर आलेले पनि बैठको जानकारी दिदै बल्ल मुख खोलेका छन् ।निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विभिन्न मोडलको सम्बन्धमा गृहकार्य भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले बताएका छन् । त्यसका साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गठबन्धनका नेताहरूको सहमति भएको समेत बताएका छन्।मन्त्री आलेले विमानस्थल निर्माणका लागि सरकारकै बजेट अथवा दातृ निकायको बजेटबाट बनाउने भन्ने बारे थप गृहकार्य समेत भईरहेको बताएका छन् । मन्त्री आलेले विमानस्थलमा पर्ने टागियाबस्ती अधिग्रहण गर्नका लागि १० अर्ब मुआब्जा वितरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि बजेट व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।‘ काठमाडौंको एयरपोर्टले मात्रै यो ट्राफिक धान्न सक्ने अबस्थामा नरहेको बताउदै दैनिक हुने ट्राफिक जामको विकल्पको रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण मात्र भएको मन्त्री आलेले बताएका छन् ।

पछिल्लो समय सबै काम सकिएर पनि कुन मोडेलमा निर्माण गर्ने भन्ने निर्णय सरकारले नगरेका कारण सुस्त बनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका प्रेमबहादुर आलेले पनि बैठको जानकारी दिदै बल्ल मुख खोलेका छन् ।

 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विभिन्न मोडलको सम्बन्धमा गृहकार्य भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले बताएका छन् । त्यसका साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गठबन्धनका नेताहरूको सहमति भएको समेत बताएका छन्।

 

मन्त्री आलेले विमानस्थल निर्माणका लागि सरकारकै बजेट अथवा दातृ निकायको बजेटबाट बनाउने भन्ने बारे थप गृहकार्य समेत भईरहेको बताएका छन् ।
मन्त्री आलेले विमानस्थलमा पर्ने टागियाबस्ती अधिग्रहण गर्नका लागि १० अर्ब मुआब्जा वितरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि बजेट व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

 

‘ काठमाडौंको एयरपोर्टले मात्रै यो ट्राफिक धान्न सक्ने अबस्थामा नरहेको बताउदै दैनिक हुने ट्राफिक जामको विकल्पको रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण मात्र भएको मन्त्री आलेले बताएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content