निजगढ । बारा जिल्ला निजगढ र पचरौता नगरपालिकाका सुकुम्बासी भुमीहिनहरुले अब जग्गा पाउने भएका छन् । राष्ट्रिय भूमि आयोगले काठमाण्डौमा ९१ स्थानीय तहहरुसग गरेको सम्झौप्तामा बाराको निजगढ र पचौरता नगरपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि अब दुई पालिकाका भूमिहीन सुकुम्बासीहरुलाई जग्गा बितरण गर्ने बाटो खुलेको हो ।
बारामा भूमिहीन सुकुम्बासीहरुलाई जग्गा बितरण गर्नको लागि यस अघि स्थानीय तहले गरेको कामका आधारमा पहिलो चरणमा बाराको निजगढ र पचरौता नगरपालिका छनौट भएका हुन ।
नगरमा कोहीपनि भुमिहिन नहोस भन्ने पक्षमा रहेको– निजगढ नगरप्रमुख सुरेशकुमार खनाल
राष्ट्रिय भूमि आयोगसँग कार्य सहमतीपत्रमा हस्ताक्षर गरेका निजगढ नगरका नगरप्रमुख सुरेशकुमार खनालले निजगढका सुकुम्बासी भुमीहिनहरुको समस्या समाधान गर्न धेरै अघिदेखी लागि परेपनि अहिले आएर बल्ल राष्ट्रिय भूमि आयोगसँग सहमती गर्न सक्षम भएको बताए । उनले आफु नगरमा कोहीपनि भुमिहिन नहोस भन्ने पक्षमा रहेको समेत बताए । उनले अब्यबस्थित बसोबासको समेत यसले समाधान गर्ने उनले बताए ।
नेपाल सरकार, राष्ट्रिय भूमि आयोगद्वारा काठमाडौंमा आयोजित भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई जग्गा वितरण गर्ने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सम्बन्धमा उक्त आयोग र स्थानीय तहबीच कार्य सहमति पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो । आयोगका अध्यक्ष भवानी निरौला र निजगढ नगरपालिकाको तर्फबाट नगर प्रमुख खनालका बीच प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको रोहवरमा कार्य सहमति पत्रमा हस्ताक्षर कार्य सम्पन्न भएको हो ।
आफनै कार्यकालमा जतीसक्दो चाडो सुकुम्बासी भुमीहिनहरुलाई जग्गा दिलाउने–पचरौता नगरपालिकाका नगरप्रमुख रमेश कुमार यादब
त्यसैगरी बाराको पचरौता नगरपालिकाका नगरप्रमुख रमेश कुमार यादब र आयोगका अध्यक्ष भवानी निरौलाबिच नि. प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादबको रोहवरमा कार्य सहमति पत्रमा हस्ताक्षर कार्य सम्पन्न भएको हो । हस्ताक्षरपछि नगरप्रमुख यादबले आफनै कार्यकालमा जतीसक्दो चाडो सुकुम्बासी भुमीहिनहरुलाई जग्गा दिलाउने काममा लागि परेको बताउनु भयो ।