तराई यातायात व्यवसायी सहकारी संस्था लिमिटेडको ओमकृष्ण कार्कीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 964 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । तराई यातायात व्यवसायी सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारणसभाबाट ओमकृष्ण कार्कीको अध्यक्ष निर्विरोध चयन भएका छन् । कार्कीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।

बाराको सिमरामा रहेको उक्त सहकारीको प्रारम्भिक सभावाट समितिको वरिष्ठ उपाध्यक्ष राजेशभक्त पौडेल, उपाध्यक्षमा दिनेश सुवेदी, सचिव युवराज न्यौपाने, सहसचिव नवीन थापा, कोषाध्यक्ष कुमार राई र सहकोषाध्यक्ष सुस्मिता उपाधयाय निर्विरोध चयन भएका हुन ।

त्यसैगरी सदस्यहरुमा रामबहादुर कार्की, लोकराज पौडेल, देवकुमार श्रेष्ठ, हिरामाया मुल्मी, प्रमोदकुमार श्रेष्ठ, तारानाथ पौडेल सर्वसम्मत चयन हुनु भएको हो । त्यसरी नै लेखासमितिमा उत्तम प्रसाद अधिकारीको संयोजकत्वमा नारायणप्रसाद घिमिरे र विजय रन्जितकार सदस्य रहेका छन् ।

निर्वाचित कार्य समितिलाई शनिबारनै पद तथा सपथ ग्रहण निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत राजमणि वराल र निर्वाचन समिति सदस्य गोपी अधिकारीले गराउनु भएको थियो ।
५० जना सेयर सदस्य भएको संस्थाको शेयर पूँजि एक करोड दुई लाख रहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content