कलैया । राष्ट्र निर्माता पृथ्वीनारायण साहको जन्मजयन्तीको अवसरमा बाराको कलैया उपमहानगरपालिकाले पुस २७ गते पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले विदा कटौती गरेको र राप्रपा लगायतका पार्टीले विदाका लागि माग गर्दै आएपनि सार्वजनिक विदा दिएको छैन ।
आइतबार उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत साहले २०७५ चैत्र २९ गतेको तेश्रो नगरसभाको निर्णयलाई आधार मानेर पुस २७ मा सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएका छन् । नगरमा विदा दिन राप्रपा लगायत राजाबादीहरुले नगरप्रमुखसग माग समेत गर्दै आएका थिए ।
सो दिन कलैया उपमहानगरपालिका भित्रका सबै कार्यालय साथै मातहतका सबै वडा समितिका कार्यालयहरु, शैक्षिक संस्थाहरु, अन्य संस्थाहरुमा बन्द हुने जनाईएको छ