सिमरा । नेकपा एमाले बाराको भोली बुधबार पौष २८ गते हुने जिल्ला अधिवेशन के हुन्छ भन्ने सबैको चासो छ । सरकारले २५ जना भन्दा बढी भेला, रानैतिक सभा सम्मेलन नगर्न र कोरोनाको मापदण्ड पालना गर्न सबैमा अनुरोध गर्दै बिद्यालय लगायतको भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
तर बारामा भने एमाले बाराले जिल्ला अधिबेशन तयारीलाई तिब्र पारेको छ । एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले अधिबेशनको सबै तयारी सकिएको जनाउदै समयमै अधिबेशन गर्ने गरी तयारी भईरहेको बताएका छन् ।
जानकी सिनेमा हलमा पौष २८ र २९ मा हुन लागेको जिल्ला अधिबेशनलाई एमालेका केन्द्रिय महासचिब शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको कार्यक्रम नरोकिने पौडेलले बताए ।
नेकपा एमाले बारामा जिल्ला कार्य समितिका ४ सय सदस्य र हरेक वडाबाट र बिभिन्न क्लस्टरबाट छानिएका करिब ४ सय गरी ८ सय बढी प्रतिनिधिले निर्वाचनमा प्रत्यक्ष सहभागिता हुने मतदाता रहेको पौडेलले बताए ।
सरकारले बढ्दो संक्रमणलाई मध्यनजरमा राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन मंगलबार राति १२ बजेदेखि लागू हुने काठमाडौं प्रशासन कार्यालयले आदेश जारी गरेको छ।
कोभिड(१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले गरेको सिफारिस अनुसार सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी मानिसको उपस्थिति हुनेगरी मेला कार्यक्रम नगर्न भनेको छ। घर बाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात हुनेलगायत स्वास्थ्य मापदण्डको पालना गर्न आदेश गरेको छ।
राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरू सञ्चालन गर्दा पनि मापदण्डको पालना गर्न भनिएको छ।
सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि भनिएको छ। आत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्वस्था मिलाउन सकिने प्रशासनले जनाएको भएपनि बारामा भने स्थानीय प्रशासन मौन बसेको स्थानीयले आरोप लगाएका छन् ।