सिकेन्द्र पासवान
बारा । नेपाली काँग्रेसका सह महामन्त्री फरमुल्लाह मंसुरले बारामा बिरासतको राजनितिक अव तोडिने बताउनु भएको छ ।
माघ १५ गते हुने नेपाली काँग्रेस बाराको जिल्ला अधिबेशनमा सभापतिका आफना उम्मेदवार शम्भु बहादुर बुढोथोकीलाई सर्मथन गर्न गढीमाई मन्दिरमा आयोजित कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै सहमहमन्त्री मंसुरले सो कुरा बताउनु भएको हो । नेपाली काँग्रेस पार्टी परिवारबाद, जातीवाद र बिरासतबाट समाप्त भई सकेको बताउदै मंसुरले अवपनि कसैले परिवारवादलाई निरन्तरता दिन खोज्छ भने दिवा सपना मात्र भएको बताए । नाम नलिएपनि परिवार र बिरासतको राजनितिक भनेर आफनै समूहका सभापतिका उम्मेदवार राजेश राय यादबलाई लक्षित गर्दै नेता मंसुरले यस्तो बताएका हुन ।
नेपाली काँग्रेस पार्टी समावेसी चरित्र अर्थात सबै वर्ग, समुदायको पार्टीको रुपमा रुपान्तरण भईसकेको भन्दै अझ सबैको सहमति, सहकार्य र एकताबाट साझा फुलवारीको रुपमा काँग्रेसलाई अगाडी बढाउनुपर्ने उहाँले बताउनु भयो ।
पार्टीमा बारामा सबैलाई एक ढिक्का पारेर नयाँ काग्रेसको निर्माण गर्ने महाअभियानमा होमिएको नेता मंसुरले बताए । काग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउदै पुर्व मन्त्री समेत रहेका मंसुरले अव हुने तीनै तहको निर्वाचनमा काँग्रेस जित्ने ठोकुवा गरे । तत्कालिन प्रधानमन्त्री शुसिल कोईरालाको नेतृत्वमा संविधान जारी भई प्रधानमन्त्री शेरबहादुर देउवाले तिनै तहको निर्वाचन सम्म्पन गरी संघिय लोकतान्त्रीक गणतन्त्र नेपाललाई संस्थागत गर्ने काम नेपाली काँग्रेस पार्टीले देखाएको बताउनु भयो ।
नेपाली काँग्रेस पार्टीलाई तिनै तहको निर्वाचनमा नेपाली जनता दिल खालेर बिजयी गराउने कुरामा आफु बिश्वस्त रहेको मंसुरले बताए ।
योग्य र पार्टीमा काम गर्ने निष्ठावान नेता तथा कार्यकतालाई उचित ठाँउ दिनमा आफु कुनै प्रकारको बिभेद नगर्ने बताउदै नेता मंसुरले हिजोको सबै तिक्ततालाई बिर्सेर काँग्रेसलाई मजबुत बनाउने दिशामा सक्रिय हुन आव्हान समेत गरे ।
महागढीमाई नगरपालिका वडा नम्बर १ नेपाली काँग्रेसका बुथ सभापति झबु साह कानुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश २ का नव निर्वाचित उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सदस्य उपेन्द्र प्रसाद जयसवाल, पार्टी सभापति जयचन्द्र चौरसिया, नेपाली काँग्रेस पार्टी संगठन बिभाग प्रमुख एवम सभापतिका प्रत्यासी उम्मेदवार शम्भु बहादुर बुढाथोकी, संविधानसभा सदस्य मधु शाही, पुर्व जिल्ला कोषाध्यक्ष रामनरेशकान्त कुसवाहा, सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख एवम नेपाली काग्रेस निर्वाचन क्षेत्र नमबर १ का सभापति बिजयशंकर यादव, बारा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति प्रभात चौरसिया, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ख का प्रत्यासी उम्मेदवार मणिभुषन यादव, जिल्ला सदस्य प्रमोद यादव, पतरौता नगरसभापति गोबारी राय यादव, नेताहरु रामअवध प्रसाद यादव, भैयाराम यादव, ललन यादव, नरेश गुप्ता, शिक्षक संघका अध्यक्ष परमहंस यादव लगायतकाले आफनो बिचार ब्यतm गर्दै सभापतिका उम्मेदवार बुढाथोकीलाई जिताउनका लागि प्रतिवद्धता ब्यतm गरेका थिए । कार्यक्रममा स्वागत महागढीमाईका मेयर उपेन्द्र यादवले गरे भने संचालन पत्रकार सिकेन्द्र पासवानले गरेका थिए ।