पार्टीका अवसरवादीहरुका कारण नेकपासँगको एकता टुटेको –महासचिव पोखरेल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 842 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा रहेका विभिन्न अवसरवादीहरुका कारण नेकपासगको एकता टुटेको बताउनु भएको छ । उनले नेकपासगको एकता टुटेपनि आउने निर्वाचनमा नेकपा एमालेनै देशको पहिलो शक्तिको रूपमा स्थापित हुने दाबी गरे ।

 

नेकपा एमाले बाराको दशौं जिल्ला अघिवेशनको अद्घाटन सत्रमा बोल्दै पोखरेलले आज बुधबार सो कुरा बताएका हुन ।

उनले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको समेत बताए । उनले एमालेको बढ्दो लोक प्रियताका कारण चौतर्फी घेराबन्दी भएको बताएका छन्। एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उनले बताए । महासचिव पोखरेलले एमालेले शिक्षा, स्वास्थ्य लगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे ।


कार्यक्रममा केन्द्रीय सदस्य एवं पोलिटब्युरो सदस्यहरु पुरुषेत्तम पौडेल, अच्युत मैनाली, प्रभु साह, ज्वाला साह लगायतले अधिबेशनको शुभकामना ब्यप्त गरेका थिए ।

 

के हुन्छ नेकपा एमाले बाराको भोली बुधबार हुने जिल्ला अधिवेशन, स्थानीय प्रशासन मौन

 

 

शेयर
प्रतिक्रिया
Skip to content