सिकेन्द्र पासवान
बारा । बारागढी गाँउपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत बकिल प्रसाद पाललाई गाँउपालिका कि उपाअध्यक्ष लक्ष्मीरायले हाजिर गराएकी छिन ।
गाँउपालिकाका अध्यक्ष देवदत बछाडले हाजिर नगराएपछि उपाअध्यक्ष लक्ष्मीरायले हाजिर गराएकी हुन ।
संघिय मामिला तथा सामान्य प्रशासनको चलानी नम्बर ६२२ को पत्रबाट मिति २०७८ साल पुस २३ गतेको निर्णयबाट निज बकिललाई बारागढी गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सरुवा गरि २८ गते हाजिर हुनका लागि आदेश जारी भएको भएपनि अध्यक्षले आनाकानी गरेको बताईएको छ ।
२८ गते पालिकामा हाजिर हुन आउदा गाँउपालिकाका अध्यक्ष देवदत बछाडले भोली आउनु भनेर आलटाल गरेपछि पुनः पुस २९ गते सरुवाको पत्र, निवेदन सहित हाजिर हुन जादा म हाजिर गराउन सक्दैन भनी जवाफ दिदै दुई दिन सम्म प्रतिक्षा गर्नुपर्दछ भन्दै आलटाल गरेपछि वडाअध्यक्षहरु, वडा सदस्यहरुले उपप्रमुख रायलाई हाजिर गराउन आग्रह गरेपछि रायले हाजिर गराएकी हुन ।
राष्ट्रिय सर्तकता केन्द्र काठमाडौमा प्रशासकिय अधिकृतको रुपमा कार्यरत पाल बिहीबार देखि बिधीबत रुपमा बारागढी गाँउपालिकामा हाजिर भएका छन् । पाल हाजिर भएको दर्ता चलानी नम्बर ५५६ रहेको उपप्रमुख रायले बताईन् । हाजिर भएपछि प्रमुख प्रशासकिय अधिकृत पाल नागरिकले लिएर आएका काममा तोक लगाई कामको शुरुवात गरेका थिए । वडा नम्बर ३ बस्ने जगदिश महरा चमार र वडा नम्बर २ ऐतबरिया मलाहिनको निवेदनमा तोक लगाएका थिए ।
प्रमुख प्रशासकिय अधिकृत पाललाई गाँउपालिकाकी अध्यक्ष लक्ष्मीराय, वडाअध्यक्षहरु निरज साह, मैनेजर चौधरी, वडा सदस्यहरु, कर्मचारीहरु समेतले फुलमाला लगाई स्वागत तथा सम्मान गरेका थिए ।
प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा हाकिम र एक जना कार्यालय सहयोगीको फिनगर लक गरिएको हुदा बाकी सेवाग्राहीहरु बिना ईजाजत पस्न नपाउने हुदा निकै नै समस्या सृजना भएको जनगुनासो आएपछि सो प्रबिधीलाई सुधार गर्ने प्रमुख प्रशासकिय अधिकृत पालले प्रतिवद्धता ब्यतm गरेका थिए । उनले नागरिकको काम छिटो छरितो रुपमा काम गर्नेमा आफु कुनै कसर बाकी नराख्ने बताए ।