नियमविपरीत सञ्चालनमा रहेका क्रसर र बालुवा उद्योगमा प्रशासनको अनुगमन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 971 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । जिल्ला प्रशासन कार्यालय बाराले नियमविपरीत सञ्चालनमा रहेका विभिन्न क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्ने भएको छ ।

दर्ता भएर नविकरण नगरेका र नियम प्रकृया नपुराई अबैधरुपमा सञ्चालित ती उद्योगमा अनुगमन गरी नियम विपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पहिलो चरणमा जिल्लाका चारवटा बालुवा प्रशोधन उद्योगको कागजपत्र नियन्त्रणमा लिएर थप अनुसान्धान थालिएको हो । कागजपत्र नियन्त्रणमा लिइएका उद्योगमा बारास्थित समृद्धि बालुवा प्रशोधन उद्योग, बालगङ्गा बालुवा प्रशोधन उद्योग, जयलक्ष्मी बालुवा प्रशोधन उद्योग र बाराको कोलबीस्थित बिना दर्ता सञ्चालनमा रहेको अर्को एउटा बालुवा प्रशोधन उद्योग रहेका छन् ।

 

नदी उत्खनन् र दोहन भएको चौतर्फी गुनासो आएपछि अनुगमन गरेको प्रशासनले उद्योग दर्ता विनानै र नियम प्रकृया नपुराई सञ्चालनमा रहेका त्यस्ता उद्योगलाई कार्वाही गर्ने जनाइएको छ ।

अनुगमन टोलीले यस क्षेत्रमा सञ्चालनमा रहेका अन्य चार क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रबाट आवश्यक कागजपत्र समेत नियन्त्रणमा लिएको थियो । बालगङ्गालगायत खोलामा सञ्चालित बालुवा प्रशोधन केन्द्रमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको बेलामा समेत क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेको स्थानीयको उजुरी पछि प्रशासनले छानविन शुरु गरेको हो । जिल्लाभित्र २४ वटा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका भएपनि अधिकाश नियमविपरित सञ्चालनमा रहेको बताईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content