एमाले बाराको अध्यक्षमा विनोद साह, पदाधिकारीमा सबै समुह नसमेटिएको आरोप

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेकपा एमाले बाराको अध्यक्षमा विनोद साह सर्वसम्मत चयन भएका छन् ।

बिहिबार सम्पन्न नेकपा एमाले बारा जिल्ला कमिटीको १० औं अधिवेशनबाट उपाध्यक्षमा टिना सुवेदी र सचिवमा अध्यानन्द पाण्डे चयन भएका छन् । त्यसैगरी दुई सह–सचिवमा अमृत बजगार्इ र भुलन चौधरी सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले एक सय ३५ सदस्यीय जिल्ला कार्य समिति घोषणा गर्दै अध्यक्षको जिम्मेवारी साहलाई सुम्पिएको हो । साह यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए । अध्यक्ष मण्डलका अध्यक्ष एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला ईन्चार्ज बलवीर चौधरीले एक सय ३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका हुन् । जिल्ला कमिटीमा उपमहानगरपालिकाबाट सात, नगरपालिकाबाट पाँच र गाँउपालिकाबाट तीन जना प्रतिनिधिलाई सदस्यमा राखिएको छ ।

जिल्लाको १६ स्थानिय तहमध्ये अन्य पालिकाको प्रतिनिधि चयन गरिएपनि जीतपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाबाट प्रतिनिधित्व गर्ने सदस्यको टुंगो लगाउन बाँकी छ । अध्यक्ष मण्डलका अध्यक्ष चौधरीले दुई उपमहानगरपालिकाको हकमा केही दिनमै टुंगो लगाउने बताएका छन् । नवनिर्वाचित पदाधिकारी र सदस्यको सपथ ग्रहण माघ ३ गते गर्ने चौधरीले जानकारी दिएका छन् ।

पदाधिकारीमा एमालेको ओली संस्थापन समुहले एकलौटीरुपमा सबैपक्षलाई समेटीने गरी कार्य समिति चयन नगरेको प्रति कार्यकर्ताहरुले बिरोध गरेका छन् । शुरुमा माधव समूह र पछि ओली समुहमा आएका केन्द्रिय सदस्य पुरुषोत्तम पौडेल समुहका आकाक्षीहरुलाई पदाधिकारीमा बाहिर राखेर कार्य समिति बनेको आरोप केही सदस्यहरुले लगाएका छन् । सदस्यहरुमा परेपनि क्षमता भएकाहरुलाई पदाधिकारीमा पाखा लगाईएको आरोप कार्यकर्ताहरुले लगाएका छन् ।

जिल्ला कार्य समितिका सदस्यहरु सबै सार्वजनिक भई नसकेपनि १३५ सदस्यीय जिल्ला कमिटिमा लिलादेवी लामिछाने, दिलबहादुर लामा, गोकुल घोर्साइने, दुर्गा गौतम, रामकृष्ण घिमिरे, सर्मिला साह(दिपिका), गणेश लामा, मिना सुनुवार , रामजी बजगाई, मिरा पोखरेल, केशब ढोडारी, सोफिया चौधरी, राजकुमार पोखरेल कुमार जिल्ला कमिटी सदस्यमा चुनिएका छन् । सदस्यमा मनोज पौडेल, अच्युत पौडेल, भरत घले, मोहन लामिछाने, लक्ष्मी आचार्य भावना सुभद्रा न्यौपाने र सरिता सापकोटा , गिता घले , केन्द्र गुरुङ , गोपाल घलान लगायत सदस्यमा चयन भएका छन् ।

बन्दसत्रमा पेश गरिएको सांगठानिक र आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको छ । कलैयास्थित जानकी सिनेमा हलमा सम्पन्न जिल्ला अधिवेशनमा जिल्ला कमिटीका चार सय १५ सहित करिब आठ सय प्रतिनिधि सहभागी थिए ।

एमाले बारामा परिवार मोह समेत भएको आरोप लागेको छ । एकै परिवारका दुई जना समेत परेका छन् । एमालेका भरत घले र गिता घले श्रीमान श्रीमति हुन । समितिमा अध्यक्षका आकाक्षी समेत रहेका निजगढ गाबिसका पुर्व अध्यक्ष समेत रहेका एक बहादुर श्रेष्ठ सदस्यमा समेत परेनन ।

त्यस्तै निजगढ ४ नं. वडाका वडाअध्यक्ष जयराम कुवर आकाक्षी भएपनि सदस्य समेतमा परेनन । त्यसैगरी एमालेका तर्फबाट नगरप्रमुख बनेका भरत भण्डारी समेत छुटेको भन्दै विभिन्न सामाजिक सञ्जालमा बिरोध भएको छ ।

सर्व सम्मत नेतृत्व हात पार्न सफल बिनोद साह को हुन ।

नेकपा एमाले बाराको अध्यक्ष बनेका विनोद साह एक परिचित नाम हो । बारा जिल्लाको सदरमुकाम कलैया निवासी साह २०४८ सालमा नेकपा एमालेमा सदस्य भएका हुन ।

२०४९ सालमा निर्वाचनमा वडाअध्यक्षको चुनाव लडेका साह सोही बर्ष जिबिसको जिल्ला सभापति समेत लडेका भएपनि पराजित भएका थिए । त्यसपछि २०५४ सालमा उपाध्यक्षमा कलैया नगरपालिकामा विजयी भएका साह २०७० सालमा संसदको निर्वाचनमा पराजित बनेका थिए । त्यसैगरी गएको स्थानीय निकायको २०७४ को निर्वाचनमा एमालेका तर्फबाट नगरप्रमुखमा उठेका साह पराजित भएका थिए ।

पार्टीको २०४९ सालमा वडा सदस्य, २०५१ मा वडाअध्यक्ष भएका साह २०५५ मा नगर सदस्य भएका थिए । त्यसैगरी २०६१ मा नगर सचिब , २०६३ मा क्षेत्रिय सदस्य, २०६४ मा अञ्चल समिति हुदै प्रदेश समिति सदस्य भएका थिए । सातौ अधिबेशनदेखि जिल्ला सदस्य भएका साह अहिले आएर जिल्ला अध्यक्ष भएका हुन । सामाजिक सेवामा समेत सकृय साह एक ब्यबसाय समेत गर्दै दुई पटक उद्योग बाणिज्य संघ बाराको अध्यक्ष समेत भई सकेका छन ।

त्यसै गरी साहले गढीमाई एफएम लगायत सञ्चार संस्थामा समेत लगानी गरी मिडिया क्षेत्रमा समेत परिचित नाम हो । साह केपी ओली समुह बाराका पुराना नेता मध्ये पर्छन । अध्यक्ष केपी ओलीसग समेत निकट सम्बन्ध भएका साहले तदर्थ समिति बनाउदा उपाध्यक्ष बनाएकोमा आपत्ति समेत जनाएका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content