सुरज गौतम
काठमाण्डौ । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेकै समयमा काठमाडौं ल्याउने बताउनु भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको काम ढिलाई भई रहेको सन्र्दभमा विकास तथा प्रविधि समितिको बैठक सिंहदरबारमा शुक्रबार भएको छलफलमा मन्त्री चौधरीले सो कुरा बताउनु भएको हो ।
मन्त्री चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउन आफ्नो मन्त्रालय माताहातका कर्मचारीहरू दिनरात काममा खटिरहेकोले अस्थायी रूपमा नै भए पनि सरकारले तोकेको समयसीमाभित्रै काठमाण्डौबासीलाई पानी खुवाउने बताउनु भयो । अस्थायी भए पनि सरकारले घोषणा गरेको समयमा काठमाडौंवासीलाई पानी ल्याएर ख्वाउँछौँ भनेर लागि परीरहेको बताउनु भयो ।
पानीको मुहान र जलाधार संरक्षित नगरी दीर्घकालीन योजना सञ्चालन हुन नसक्ने भएको हुदा त्यका लागि काम भई रहेको मन्त्री चौधरीले बताउनु भयो ।