जनताका स्वास्थ सेवामा कुनै कसर बाँकी नराख्ने –नगर प्रमुख यादब

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । कलैया उपमहानगरनगरपालिकाका नगर प्रमुख राजेश राय यादबले आफुले जनताका स्वास्थ सेवामा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।
नगरप्रमुख यादबले बिधिको शासन अनुसार समयमा आफुहरुले सभा र बिशेष सभा गराउन सफल भएको बताउदै सबै कर्मचारीलाई धन्यवाद समेत दिनु भएको थियो ।
कलैया उपमहानगरपालिकाको आठौ नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख यादबले यस्तो बताएका हुन । सभामा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नाथु साहले पालिकाको सबै कर्मचारी नगर सभाबाट पारित नीति तथा कार्यक्रम पुर्ण सफल र सम्पन्न गराउन सहयोग गरेकोमा धन्यवाद समेत दिए । साहले नगर सभा आफैमा एतिहासिक रहेको बताउदै नगर सभाले निर्धारण गरेका योजना कार्यान्वयनमा युद्धस्तरमा लागि पर्नुपर्नै भएकोले सबैकोसाथ र सहयोग आबश्यक हुने बताउनु भयो ।

प्रमुख प्रशासकिय अधिकृत साहले नीति कार्यक्रम पढेर सार्वजनिक गरेका थिए । लेखा प्रमुख दिब्या सरार्फले स्वागत गरेको कार्यक्रमको सन्चालन कृषि शाखा प्रमुख सुरेश धमलाले गरेका थिए ।
उपमहानगरगाउपालिकाका प्रमुख यादबको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख रहिमा खातुन,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, शाखा प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नगर सभाको बैठक आईतवार ११ बजे बोलाईएको नगर प्रमुख यादबले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content