एमाले बाराको कार्यसमिति चयन,सामाजिक सञ्जालमा कार्यकर्ताको बिरोध

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । नेकपा एमाले बाराको कार्यसमिति नेतृत्वले आफना नजिकका कार्यकर्ताहरुलाई मात्र समेटेपछि कार्यकर्ताहरुले बिरोध गरेका छन् । कार्यकर्ताहरुले बन्दसत्रभित्रै बिरोध गरेपनि अधिबेशनका सर्वशक्ती मतदाता प्रतिनिधिहरुको कुै नसुनी नेतृत्वले जर्वजस्ती कार्यसमिति घोषणा गरेको आरोप लगाएका छन् ।

पदाधिकारी चयनमा कमी कमजोरी भएको भन्दै कार्यसमिति चयनमा धेरैले अहिले सामाजिक सञ्जालमा बिरोध गर्दै आएका छन् । कसैले कडारुपमा प्रतिक्रिया दिएका छन भने कसैले ब्यङग गरेका छन् ।

कसकसले के प्रतिक्रिया दिए त

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाअध्यक्षका उम्मेदबार हिरा बहादुर बस्नेत

ले फेसबुकमा यस्तो पोस्ट गरेका छन् । राजनीति के का लागि दुःखी मजदुर असहाय अल्पसंख्यक जनजाति भाषा मौलिकता र राष्ट्रियताका लागि हुन्छ । यहाँ त राजनीति त केबल आफ्नो स्वार्थ पुर्ती को लागि मात्र हुने रैछ । परिवार वादमा लिप्त क.पुस्प कमल दाहललाई हामीले गाली गर्यौ । तर हाम्रो पार्टी बारा पनि त्यो ग्रसित रोग बाट अछुतो रहन सकेन । हाम्रो क्षेत्र नं. ४ मा जो हिजो बारा जिल्लाको लाल किल्ला थियो । आज परिवार वादमा लिप्त पाण्डुलिपिहरुले पदाधिकारी बिहिन बनाएको अबस्था छ । होसियार दलालहरु हेर्छु हामी पनि ।

सिमरा २ निवासी राजु गौतम

ले पार्टिमा काम गर्न पदको आवश्यकता पर्दैन भन्दै हामिलाई प्रशिक्षण गराउनु हुन्छ त्यहि पदमा आफ्ना अनि आफ्नो नजिककालाई बाहेक अरु पुग्नु हुन्न भन्ने व्यवहारमा लागु गर्नु हुन्छ १ अनि हैन यसरी नै बन्ने रैछ हाम्रो गौरवशालि पार्टि रु मैले बुझ्न नसकेको कुरा भन्दै बारा जिल्ला अधिवेशन बाट निर्वाचित सबै कमरेडहरुलाई हार्दिक बधाई का साथै सफल कार्यकाल को शुभकामना भनेर ब्यप्त गरेका छन् ।

कोल्हबी नगरपालिकाका नगरप्रमुख भरत भण्डारी

को प्रतिक्रिया नेकपा एमाले दशौ बारा जिल्ला अधिवेशन भब्य र सब्य रुपमा सफल पार्दै पार्टि बचाउन आफ्नालाई नेतृत्व दिउ भन्ने मार्ग दर्शन सिदान्तबाट अभिप्रेरित भई सर्वसम्मतरुपमा अध्यक्ष्य मण्डल बाट नाम प्रस्तुत गराई पार्टि बचाउन अनुशासित कार्यकर्तले महत्वपुर्ण भुमिका खेल्नुपर्ने र नेताले गुटबन्दी भन्दा माथि उठेर बारा जिल्लाको नेकपा९एमाले० को राजनिति माथि उठाउने वाणी वाचन गराई अधिवेशन प्रतिनिधि बाट सर्वसम्त जिल्ला कमिटि गठन गर्न सफल हुनु भएकोमा नेताजिहरुलाई हार्दिक धन्यवाद सहित नवनिर्वाचित जिल्ला कमिटि लाई बधाई तथा सफल कार्यकालको शुभकामना।

निजगढका चन्द्रिका सापकोटा उप्रेती र मनहर्वाका निर्मलराज भारती

ले यस्तो पोष्ट गरेका छन् ।
धिक्कार छ तिम्रो राजनिती । जसरी पनि आफ्नै पति, आफ्नै श्रीमती बाकी सबै तिम्रा रैती । यस्ले हुन्छ तिम्रै खती बेलैमा सुधार यो कुमती । भनेर ब्यङग गरेका छन् ।

विकास कुशवाहा

ले बन्दसत्रमा गरेको बिरोधको भिडियो समेत पोष्ट गर्दै यस्तो पोष्ट गरेका छन् । नेकपा एमाले १० औं जिल्ला अधिवेशन बारामा बिधिबिधान बिपरित परिवार वाद र खल्तीको मान्छेलाई निर्वाचित गरिएको हो । बिरोध गर्दा गर्दै पनि असवैधानिक तरिकाले पदाधिकारी बनाईएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content