बाराका दुई पालिकाले माघे सन्क्रान्तीमा दिए सार्वजनिक बिदा

तराइ संचार
तराइ संचार 1.5k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । थारु समुदायको मानिसको उल्लेखनीय बसोबास रहेको करैयामाई गाउँपालिका र बारागढी गाउँपालिकाले माघे सन्क्रान्तीको अवसरमा माघ २ गते सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकामा माघ २ गते सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत उदंय शकर चौधरीले एक विज्ञप्ती जारी गरी सार्वजनिक विदा दिएका छन् ।

सार्वजनिक बिदाको दिन मातहतका सबै वडा कार्यालय, विद्यालय, सार्वजनिक संस्थानमा बिदा रहने गाउँपालिकाका सूचना मार्फत जनाएको छ । बारागढी गाउँपालिकाका अध्यक्ष देबदत्त बछारले पनि पुष ३० देखि माघ २ सम्म सार्वजनिक बिदा दिएको विज्ञप्ती मार्फत जनाएका छन् ।

पर्व नजिकिएसँगै थारू बस्तीमा चहलपहल सुरु भइसकेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content