कलैया । सरकारको नेतृत्व गरेको नेपाली काँग्रेस र उसका कार्यकर्ताहरुनै आफनै सरकार र स्थानीय प्रशासनले जारी गरेको आदेशको ढाडो उल्लघन गरेका छन् ।
सरकार र स्थानीय प्रशासनको आदेशलाई उल्लघन गर्नेमा स्थानीय निकायका प्रमुखहरु र जनप्रतिनिधिहरु समेत देखिएका छन । त्यसो त प्रतिपक्ष नेकपा एमाले पनि बारा जिल्लामा सरकार र स्थानीय प्रशासनको आदेशलाई उल्लघन गर्दै आएका छन् ।
तरपनि बारामा कोरोना महामारी नियन्त्रणका लागि जारी सरकार र स्थानीय प्रशासनको आदेशलाई कार्वान्वयन गराउन स्थानीय प्रशासन मौन बनेको छ । आदेश जारी भएयता दैनिक राजनैतिक कार्यक्रम हुदै आएको छ । स्थानीय सरकार रोकथाम र नियन्त्रणका लागि लाग्नु पर्ने भएपनि कोरोना बढाउन सकृय देखिएका छन् । दैनिक स्थानीय प्रमुख उपप्रमुख लगायत जनप्रतिनिधिहरु समेत ठुलो जमात खडा गरी राजनैतिक सभा सम्मेलन गर्दै आएका छन् ।
बारामा पौष २८ गतेनै सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थानहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव लगायतका कुनै पनि कार्यक्रम आयोजना नगर्न प्रमुख जिल्ला अधिकारीले आदेश जारी गरेको भएपनि राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु र सरकारको निर्णय गराउने स्थानीय तहका जनप्रतिनिधिहरुले अडेर गर्दै ठुलो जमातमा कार्यक्रम सभा सम्मेलन गर्दै आएका छन् ।
कोभिङ १९ को तेश्रो लहर ओम्रिकोन तिव्र रुपमा फैलिरहेको गृह मन्त्रालय, सिसिएसी र जिल्लाको डिसिसिएमसीले राजनैतिक सभा सम्मेलनमा रोक लगाएपनि निर्वाध भईरहेको र कोरोना समुदाय स्तरमै पुगेको भएपनि अहिलेसम्म निजगढ नगरपालिका बाहेकका स्थानीय तहले नियमित परिक्षण समेत शुरु गरेका छैनन ।
उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निजगढ नगरपालिकाको विपद ब्यबस्थापन समितिको बैठक बसी भीडभाड हुने स्थानको आईतबार बिहानदेखि अनुगमन शुरु गरिएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनालले बताउनु भयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाराका नि.प्रमुख राम नरेश यादबले राजनैतिक दल र स्थानीय सरकारले कोरोना महामारीको मापदण्ड पालना नगरी राज्यले जारी गरेको आदेश उल्लघन गरेर जनतालाई थप खतरामा पारेको भन्दै आपत्ती जनाएका छन् ।
आदेश नमान्नेनै दोषी हुन, जनतालेनै प्रतिरोध गर्नुपर्छ –प्रजिअ कटुवाल
कोरोना महामारी भई भयाभय भए मापदण्ड पालना नगर्ने र रोकथाम गर्न प्रशासनले जारी गरेको आदेश नमान्नेनै दोषी हुने प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताउनु भएको छ । उहाँले प्रशासनले कोरोना नियन्त्रणका लागि आदेशमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न र सार्वजनिक स्थलमा सबै प्रकारका राजनैतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एव सभा, सेमिनार भेला गोष्ठी आदी गर्न प्रतिबन्ध लगाएका छौ । यस बिचमा हामीले कसैलाई भेला गर्न अनुमति दिएका छैनौ । तरपनि प्रशासन र सरकारको आदेश नटेर्ने सबै राजनैतिक दल र आयोजकलाई लाठी चार्ज गर्ने कुरा भएन । दोषी उनीहरुनै हुन्छन प्रजिअ कटुवालले बताए । उनले अटेर गर्नेलाई जनतालेनै प्रतिरोध गर्नुपर्छ । हामी कार्यक्रम गर्न अनुमति माग्न आए दिदैनौ र कार्वाहीको पक्षमा पनि नभएको बताए ।
बिद्यालय बन्द भएपनि राजनैतिक सभा सम्मेलनमा रोक नलागेको भन्दै शिक्षा क्षेत्रका अगुवाहरुले सामाजिक सञ्जालमा बिरोध गर्दै आएका छन् ।
स्थानीयहरुले प्रशासन आफै आदेश जारी गर्ने अनी आफै नियमको उल्लघन गर्न नहुने बताउदै कोरोना महामारीको नियन्त्रण आवश्यक हुदैन भने किन आदेश जारी गर्नु परयो । आफै आदेश जारी गर्ने अनी मौन बसेर राजनैतिक कार्यक्रम चाही गर्न दिनु गलत भएको शिक्षा क्षेत्रका अगुवाहरुले बताएका छन् ।
कसकसले गरे आदेशको उल्लघन
सरकार र स्थानीय प्रशासनको आदेशलाई उल्लघन गर्नेमा सत्ताको नेतृत्व गरेको नेपाली काग्रेसका सह महामन्त्री फरमुल्लाह मंसुरले सिम्रौनगढ नगरपालिका रानीवास बजारमा नेपाली काँग्रेसको सिम्रौनगढ नगरपालिकाको नगर सम्पर्क कार्यालयको उदघाटन कार्यक्रममा ठुलो जनमानिस जम्मा गरेर गरे । पौष २८ देखि प्रशासनले बन्देज लगाएपनि दैनिक जसो पाटीको निर्वाचन प्रचारप्रसार अभियानलाई धेरै मास जम्मा गर्दै भेला गर्दै आएका छन् ।
त्यसैगरी सुवर्ण गाउपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादबले वडा नम्बर २ मा कवही गोठ बर्थिङ्ग सेन्टरको उदघाटन कार्यक्रममा शनिबार प्रमुख अतिथि बनी सरकारले जारी गरेको आदेश उल्लघन गरे ।
कलैया नगरपालिकाका नगरप्रमुख समेत रहेका राजेश राय यादबले पनि शनिबार नगरसभा गर्दै आदेश उल्लघन गरे । नेकपा एमाललेले पनि सरकारी निर्णयको अबज्ञा गर्दै अधिबेशन बन्द सत्र र अन्य कार्यक्रम गर्दै आएको छ ।
पचरौता नगरपालिकाका नगर प्रमुख रमेशकुमार यादवले वडा नम्बर २ श्रीनगर बैरियामा जनता समाजबादि पार्टी नेपालको भातृ युवा कमिटि गठन कार्यक्रममा प्रशासनको आदेश उल्लघन गरे ।
यसैगरी नेकपा एमाले प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले थारू कल्याणकारीणी सभाले करिब हजार मानिस जम्मा गरेर आयोजना गरेको माघी महोत्सवमा उपस्थित भएर प्रशासनको आदेश उल्लघन गरे ।
तीन दिन चल्ने थारू कल्याणकारीणी सभाले पहिलो दिन भन्दा बढी दर्शक जम्मा गर्न बाहिरबाट कलाकार समेत बोलाएको छ ।
कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी , बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई , थारू नेता तपेश्वर राय थारू , कोल्हवी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र चौधरी , कोल्हवी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बासु चौधरी समेत उपस्थित भएर प्रशासनको आदेश उल्लघन गरे । आफनै आदेश उल्लघन गर्नेमा प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई समेत भए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रशासन र सरकारको आदेश उल्लघन गरेर जनमास गर्नु गलत भएको र स्वास्थ्यमा समेत समस्या भएपछि कार्यक्रममा नआएको बताउनु भयो ।
जनता समाजवादी पार्टी नेपालको सुज अभियान कार्यक्रम अन्र्तगत क्षेत्र नं. ३ कलैयामा शिवनाथ पटेल लगायत र अधिकाश सबै दलका नेता तथा कार्यकर्ता सरकारी निर्णयको अवज्ञा गरेपनि प्रशासन भने मौन बसेको छ ।
बारामा कोरोनाको सक्रमण दर उच्च रहेको छ । बारामा पत्रकारलाई कोरोना सक्रमण भएको सामाजिक सञ्जालमा जानकारी गराएका छन् । पछिल्लो समय निजगढमा पिसिआर परिक्षण गराएकाहरुमध्ये सक्रमण ८० प्रतिशत भन्दा बढी देखिएको छ । पत्रकार ईन्दिप कोईरालालाई सक्रमण भएको हो । निजगढमा पाच दिनमा झण्डै २५ जना भन्दा बढीलाई सक्रमणको पुष्टी भएको छ । नेकपा एमाले बाराको अधिबेशन गरी फर्किएका एमाले महासचिब शंकर पोख्रेललाई सक्रमण भएको थियो । परिक्षणको नभएकोले कोरोना नदेखिएको भएपनि समुदाय स्तरमै पुगी सकेको बताईएको छ ।