निजगढ । नेकपा एमाले बाराको सपथग्रहण कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको छ । नेकपा एमालेका महासचिब एवम उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि शंकर पोख्रेललाई कोरोना पोजेटिभभएसगै बाराका अधिकाश नेता कार्यकर्तालाई समेत कोरोना सक्रमण पोजेटिभ देखिएपछि आज सोमबार गर्ने भनेको सपथग्रहण कार्यक्रम स्थगित भएको नव निर्वाचित अध्यक्ष विनोद साहले बताउनु भएको छ ।
सरकारले कोरोना माहामारी बढदै गएपछि २५ जना भन्दा बढी भेला नगर्न र राजनैतिक सभा सम्मेलन कार्यक्रम नगर्न जारी गरेको मापदण्ड र आदेशको उल्लघन गरी जिल्ला अधिबेशन गरेको एमाले बाराका अधिकाश नेता कार्यकर्तालाई कोरोना सक्रमण भएको छ । कोरोना पोजेटिभ देखिने नेताहरुमा केन्द्रीय सदस्य तथा बाराका ईन्चार्ज बलबिर चौधरी, केन्द्रीय सदस्य एवं पोलिटब्युरो सदस्य ज्वाला साह, प्रदेश सचिब एवम जितपुरसिमराका नगरप्रमुख डा. कृष्ण पौडेल लगायतलाई सक्रमण देखिएकोले कार्यक्रम स्थगित गरिएको अध्यक्ष साहले बताए ।
रुघाखोकी र लक्षण देखिएपनि परिक्षण गर्न बाँकी रहेका केन्द्रीय सदस्य एवं पोलिटब्युरो सदस्यहरु पुरुषोत्तम पौडेल, अच्युत मैनाली समेत सामान्य बिरामी छन् ।
त्यसैगरी कार्यक्रममा सहभागी भएका कोल्हबी नगरपालिकाका नगरप्रमुख भरत भण्डारी, पत्रकार अच्युत पौडेल, ईन्दिप कोईराला, एमाले निजगढ नगर समितिका अध्यक्ष सुरथ पुरी, उपाध्यक्ष भोला गौतम, सिमराका रिता घिमिरे, रेणु रिमाल लगायत एक दर्जन भन्दा बढी नेता कार्यकर्ता सपथ लिनेनै सक्रमण भएको अध्यक्ष साहले बताउनु भयो ।