प्रदेश २ को स्थायी राजधानी जनकपुर दुईतिहाई बहुमतले पास

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 602 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । प्रदेश २ को स्थायी राजधानी जनकपुर दुईतिहाई बहुमतले पास भएको छ । आज सोमबार भएको प्रदेशसभामा छलफलपछी मतदान भएको थियो । मतदानपछी सभामुख सरोज यादवले कुल उपस्थित ९९ प्रदेशसभा सदस्य मध्ये ७८ जनाले जनकपुरलाई राजधानी बनाउने पक्षमा मतदान गरेको बताउनु भएको छ । सो संख्या दुईतिहाई भन्दा बढि भएकोले प्रदेश २ को राजधानी जनकपुर कायम भएको घोषणा गरेका हुन् । प्रस्तावको विपक्षमा २१ जनाले मतदान गरेका थिए ।

राजधानी कायम भएको जनकपुरधाम अन्तर्गत उत्तरमा धनुषाको ढल्केवर र पुर्व पश्चिम लोकमार्ग, पुर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा क्षेत्र समेटिएको छ ।

सो प्रस्ताव प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले संयुक्त रुपमा गरेका थिए ।

प्रदेशसभामा २ वटा प्रस्तावमा मतदान हुने भएतापनी पहिलो प्रस्तावनै पास भएपछी अन्य प्रस्तावहरु खारेज गरिएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content