नाम र राजधानी तय भएपछि मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । प्रदेश नं. २ को नाम र राजधानी बहुमतले पारित भएपछि मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो ।

मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताएका हुन । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ छ । प्रदेश सभामा सोमबारै भएको मतदानले प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तोकिएको छ ।

नाम मधेशको पक्षमा ८० र राजधानी जनकपुधरामको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए

शेयर
प्रतिक्रिया
Skip to content