राजधानी बिरगंज नभएको आक्रोस बारा, पर्सा र रौतहटलाई बाग्मती प्रदेशमा समेटनुपर्ने माग

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

बारा । प्रदेश नं. २ को राजधानी जनकपुर भएपछि बारा पर्साबासीहरुले बारा, पर्सा र रौतहटलाई बाग्मती प्रदेशमा समेटनुपर्ने माग गरेका छन् । प्रदेशको राजधानी माग गर्दै आएकाहरु बिरगन्ज राजधानी नभई जनकपुर राजधानी भएपछि आक्रोशित हुदै आएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनीहरुले बिरोध गर्दै बिरगन्ज राजधानी नभएपछि बाग्मती प्रदेशमा समेटन माग गरेका हुन । यी जिल्लाबाट बाग्मती प्रदेशको राजधानी हेटौडा पुग्न यस क्षेत्रका नागरिकलाई सहज हुने भन्दै उनीहरुले सामाजिक सञ्जालमा मुख्यमन्त्री लालबाबु राउतको बिरोध समेत गर्दै आएका छन ।

प्रदेश कै एक मात्र महानगरपालिका, नेपाल को मुख्य प्रवेशद्वार र देशको सबै भन्दा ठुलो आर्थिक नगरी भएकालेपनि बिरगन्ज राजधानी हुनु पर्ने अन्यथा बाग्मती प्रदेशमा समेटिनु पर्ने उनीहरुले माग गरेका छन् । वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुत्ला दहन गरिएको छ । सोमबार प्रदेश – २ को स्थायी राजधानी जनकपुर कायम भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन गरिएको छ । विरगञ्जका स्थानीय युवाहरुले ‘मुख्यमन्त्री लालबाबु राउत गद्दी मुर्दाबाद’, ‘मुख्यमन्त्री चाहिँदैन वीरगञ्जलाई बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुत्ला दहन गरेको हो ।

यता प्रदेशको नाम मधेस राखिएको बारा पर्साको खासै बिरोध नभएपनि जनकपुरमै भने विरोधमा राजधानी जनकपुरधाममा प्रदर्शन भएको छ । प्रदर्शनमा युवाहरुले सांसदको पुत्ला समेत जलाएका छन् ।

स्थानीय सुशील कर्णको नेतृत्वमा यूवाले विरोध प्रदर्शन गर्दै सांसदको पुत्ला जलाएका थिए । यूवाहरुले ८ जिल्लाको मधेस प्रदेश मान्दैनौं, प्रदेश सांसद मुर्दावाद, मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ जस्ता नारा लगाएका छन् ।

कसकसले यस्तो माग गरे त

मिश्री  जटा शंकर सहनीले आफनो फेसबुक पेजमा लेखेका छन –

आदरणीय जन समुदाय
हाम्रो प्रदेश वास्तवमा भन्ने हो भने मधेसीहरूको बहुल्यता भएकै प्रदेश हो । यसको नामाकरण मधेस प्रदेश गरिएको भएता पनि राजधानी बिरगंज हुनु पर्ने हो। किनभने प्रदेश कै एक मात्र महानगरपालिका, नेपाल को मुख्य प्रवेशद्वार र देशको सबै भन्दा ठुलो आर्थिक नगरी पनि बिरगंज रहेको र मधेस प्रदेशको जिल्लामा बारा, पर्सा र रौतहटका नागरिकहरू समेतलाई राजधानी बिरगंज भएमा सहज हुने देखिन्छ । यसकारण मधेस प्रदेशको राजधानी बिरगंज नै हुनु पर्छ। यसो नभए हामी जिल्ला बारा,पर्सा र रौतहटकाबासीहरु यी तीन जिल्लालाई बागमती प्रदेशमा समावेशीकरण गर्न एकजुट भै अगाडी बढौं।

 

अनिल सिन्हाले आफनो फेसबुक पेजमा लेखेका छन – मधेश बेचुवाहरुले वीरगन्जलाई पनि बेचे , अब पर्सा बारालाई ३ नम्बर प्रदेशमा गाभ्नुको विकल्प छैन । ‘छि’ भन्दा जहिले पनि ‘छ’ नै राम्रो हुन्छ । मधेस प्रदेशको राजधानी जनकपुर किमार्थ स्वीकार्य छैन


रामाकान्त साहले आफनो फेसबुक पेजमा लेखेका छन – बारा पर्सा र रौतहटको लागि कालो दिन हो ।

धुरी साहले आफनो फेसबुक पेजमा लेखेका छन – बारा पर्सा र रौटहटका बिधायक ज्यु हरु जनकपुर  राजधानि बनाउनु भयो बिरगंज मा किन भएन यसको जबाब जनता जान्न चाहन्छ कालो दिनको ईतिहास ले याद गर्नेछ

राकेश पाण्डेले आफनो फेसबुक पेजमा लेखेका छन
पर्सा,बारा,रौतहट,सर्लाही का मधेश बेचुवा हरु तपाईं हरु प्रदेश को अस्थायी राजधानी जनकपुर बनाउन कति लाख,करोड मा बिक्री हुनु भयो,अलि कति लाज,सर्म,हया छ भने सामाजिक सञ्जाल बाट बाहिर निस्केर रोड तताउने विरोध गर्ने बेला छ,भोलि देखि नै द्धवटै जिल्ला बाट यसको विरोध हुनु पर्छ।।।

डिआरभि जयराम चौरसियाले   आफनो फेसबुक पेजमा लेखेका छन  – जस्ता हनुमान उस्तै राम ! के छ अनुमान ? हुन सक्छन् ती हराम ? बिरगंज बेचुवा ले आज  गिनिज बुक मा रेकर्ड हानेछ्न 😂
बिक्की शर्राफ र देब महतोले आफनो फेसबुक पेजमा लेखेका छन  – कहाँ है माननीय मुख्यमन्त्री लालबाबू राउत गद्दी और जितेन्द्र सोनल के अन्धभक्त कुछ तो अब शर्म करलो बिरगंज बेचुवा 🤐
शेयर
प्रतिक्रिया
Skip to content