जिग्मी छ्योकी घिसिङलाई भोट दिएर जिताउन अपिल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । बारा निजगढ ८ बाराकी बसन्ती लामाले आफनी छोरी शिर्ष–५ की प्रतिस्पर्धी जिग्मी छ्योकी घिसिङलाई भोट दिएर जिताउन अपिल गरेकी छन् । निजगढ ८ का नवाङ घयाम्पो लामा र देव कुमारी लामाकी छोरी बसन्तीकी १३ बर्षिय छोरी जिग्मी छ्योकी घिसिङलाई चर्चित सिङगिङ् रियालिटी शो सारेगम लिटिल च्याम्पिएनसिप २०२१ मा विजयी बनाउन आग्रह गरेकी हुन ।

ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रशारण भईरहेको सारेगम लिटिल च्याम्पिएनसिपमा धमाकेदार प्रस्तुती दिँदै शिर्ष–छ को सारेगम लिटिल च्याम्पिएनसिपमा समेत बिजयी बनेकी कक्षा ९ मा अध्ययनरत जिग्मी छ्योकी घिसिङ बच्चादेखिनै गित संगित क्षेत्रमा रुची राख्ने गरेको उनले बताईन ।

दोलखा जिल्ला शैलुङ गाँउपालिका विवाह भएकी बसन्ती र रामकाजी घिसिङ मध्यम वर्गको भएको र एक–एक छोराछोरी छन् ।

बाल प्रतिभा घिसिङले फाइनलमा आफुलाई भोट दिएर टप फाईबमा पुराउन सबैलाई भोट गरिदिनुहुन अनुरोध गरेकी छन ।

मसँगै ६ जना अरु साथीहरु प्रतिस्पर्धामा हुनुहुन्छ । मलाई ‘सारेगम लिटिल च्याम्पिएनसिप २०२१’ को विजेता देख्न चाहानुहुन्छ भने मलाई धेरैभन्दा धेरै भोट दिनुहोस् ।’ आफु विजेता हुन धेरै भोटको आवश्यकता रहको उनले बताईन ।

 

कार्यक्रममा उनले मेरो पाउमा आज, विस्तारै छायौ लगायतका गीत गाएर सुनाएकी छन् । उनले आफुलाई भोट दिन देशभित्रबाट र विदेशमा रहेकाहरुलाई भोट गर्नसमेत आग्रह गरे ।  आफु विजेता भएमा दिनदुखी र गरिबहरुलाई सहयोग गर्ने आफनो मन लागेको जिग्मीले सुनाइन ।

जिग्मीका मामा निजगढका नेपाली काग्रेसका युवा नेता पेमासिद्धि लामाले अरु बच्चादेखिनै गित सगित क्षेत्रमा रुची रहेकी भान्जीलाई सबैले भोट गरी सहयोग गर्न अपिल समेत गरे ।

यसैगरी पाईलट एवम चर्चित सिगर, कलाकार समेत रहेका सामाजिक अभियन्ता बिजय लामाले समेत जिग्मी घिसिङलाई भोट गरी जिताउन आग्रह गरेका छन् ।

 

शेयर
प्रतिक्रिया
Skip to content