जन्तीमा जान लागेको रथले किचेर बारामा दुई जनाको घटना स्थलमै मृत्यु

तराइ संचार
तराइ संचार 674 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
बारा । जन्तीमा जान लागेको रथले किचेर बारामा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने करिब १० जना घाईते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ३ बतरा निवासी बनारसी रामको छोरी बर्ष १६ की निलम कुमारी राम र आफन्तको बिहेमा आएकी सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ बस्ने बिरेन्द्र रामको श्रीमति अन्दाजी बर्ष २५ की बाल कुमारी रामको मृत्यु भएको हो ।

सोही स्थान बतरा निवासी लक्ष्मण महरा चमारको छोरा श्रीराम महरा चमारको करैयामाई गाँउपालिकाको सहजौली बिहेमा जान लागेको बिहेको रथको स्टेरिग फेल भई सोही ठाँउ बस्ने उनीहरुको रंन्थमा चेपिएर मृत्यु भएको प्रहरी प्रवतmा राजेश थापाले जानाकारी दिए । घटनामा परि १० जना घाईते भएकोमा ६ जना गम्भिर रहेका छन् ।

५ जना समान्य घाईते भएको वडा नम्बर ३ का वडाअध्यक्ष धर्मेन्द्र यादवले बताए । गम्भिर घाईतेहरुको उपचारका लागि वीरगंज पठाईएको प्रवतmा थापाले जानकारी दिए । लास जिल्ला अस्पताल कलैयामा पोस्टमार्टम भईरहेको प्रहरीको भनाई रहेको छ ।

घटनाबारे थप अनुसंन्धान भईरहेको प्रवतmा थापाले बताए । भारत बाट मगाईएको रथको चालक भने फरार रहेको र खोजी कार्य तिब्र पारिएको प्रवतmा थापाको भनाई रहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content