सिकेन्द्र पासवान
सिम्रौनगढका मेयर एवम नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का सभापति बिजयशंकर यादवले सोमवार राती जन्तीमा जान लागेको रंथमा दबिएर मृत्यु भएकाहरुको परिवारजनलाई जनही २५ हजार गरि ५० हजार क्रिया खर्चका लागि सहयोग गरेका हुन ।
आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ३ बतरा निवासी लक्षुमन महरा चमारको छोरा श्रीराम महरा चमारको करैयामाई गाँउपालिकाको सहजौली बिहेमा जना लागेको रंन्थको स्टेरिग फेल भई सोही ठाँउ बस्ने बनारसी रामको छोरी बर्ष १६ की निलम कुमारी राम र आफन्तको बिहेमा आएकी सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ बस्ने बिरेन्द्र रामको श्रीमति अन्दाजी बर्ष २५ की बाल कुमारी राम रंन्थमा चेपिएर मृत्यू भएको थियो ।
नगरप्रमुख यादवले घाईतेहरुको उपचार, मृतक एवम घाईते परिवारको जिवन यापन गर्न तत्कालका लागि सहयोग गर्ने घोषणा समेत गरेका छन् । उनीसंगै नेपाली काँग्रेस आर्दश कोतवाल गाँउपालिकाका सभापति एवम अध्यक्षका प्रत्यासी उम्मेदवार जवाहर प्रसाद साहले पनि मृतकका परिवारहरुलाई जनही २५हजार गरि ५० हजार सहयोग गरेका हुन । नेपाली काँग्रेसका दुई नेताहरु दुःखको घडीमा मृतकको परिवारलाई सहयोग गरि मानविय एवम उदाहरणिय काम गरेकोमा नेपाली काँग्रेस मधेस प्रदेश जनकपुरको प्रदेश सभापति चन्द्रशेखर कुमार यादवले धन्यवाद ज्ञापन गर्दै यस्तै सराहनिय एवम उदाहरणिय काममा लाग्न सबै काँग्रेसी जनमा आग्रह समेत गरे ।
त्यसैगरि मानवतालाई हृदयागम गर्दै बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सहित प्र्रहरी उपरिक्षक दिलिफ सिह देउवा, शसश्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा, राष्ट्रिय अनुसन्धानका एसपी सन्तोष ढुगेल, नेपाली सेनाका प्रमुख लगायतले घटना स्थलमा पुगी निरिक्षक गरेका थिए । स्थानियहरुबाट घटनाका बारेमा जानकारी लिदै प्रमुख जिल्ला अधिकारी कटुवालले मृतकको परिवारलाई धैर्यधारण गर्न एवम घाईतेहरुको शिग्र स्वास्थ्य लाभको कमना गर्दै दोषीलाई समातेर कार्यवाही प्रक्रिया अगाडी बढाउन प्रतिवद्धता ब्यतm गरेका थिए ।
घटनामा परी घाईते भएका सियारामको अवस्था नाजुक रहेको र उनको उपचार वीरगंजको न्यूरो अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । उनीसंगै अरबिन्द राम, आदित्य राम, जितेन्द्र राम, सागर राम, सरोज राम घाईते भई न्यूरोमा नै उपचार गराईरहेको छ । त्यसैगरि अन्य घाईतेहरु सुनिल यादव, श्याम राम, नैनबती देवी, सियापति देवी राम, सनझा कुमारी, सैलदेवी राम, सुभाष राम, मिना देवी रामको कलैया स्थित राजलक्ष्मी रिलिफ होस्पिटलमा उपचार भईरहेको प्रहरी प्रवतmा राजेश थापाले जनाकारी दिए ।