‘लक्ष्मी पुजा’को ‘जिन्दगी’ सार्वजनिक

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

दशैंमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘लक्ष्मी पुजा’मा समावेश ‘जिन्दगी’ बोलको गीत सार्वजनिक गरिएको छ । माण्डवी त्रिपाठीको स्वरमा समावेश गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अस्मिता जुरेली, जयकिशन बस्नेत र नीर शाहलाई देखाइएको छ ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ । यो चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय छ । चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिदैछन् ।

शेयर
प्रतिक्रिया
Skip to content