बारा । बिहीबार र शुक्रबार लगातार भारी मात्रामा सुनको मूल्य घटेको छ ।
बिहीबार तोलामा ९ सय रुपैयाँले घटेको सुनको मुल्य शुक्रबार पनि तोलामा ९ सय रुपैयाँले घटेको थियो । लगातार दुई दिनमा सुनको मूल्य १८ सयले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।