घरमै गाँजा बिक्रि वितरण गरिरहेको आरोपमा ७४ किलो गाँजा सहित बाबुछोरा पक्राउ

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । घरमै गाँजा बिक्रि वितरण गरिरहेको आरोपमा पर्सा प्रहरीले दुईजनालाई ७४ किलो गाँजा सहित पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा विहिवार बिरगञ्जबाट खटिगएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बहुदरामाई नगरपालीका वडा नं. ९ विश्रामपुरका गणेश साह र उनका छोरा संतोष साह पक्राउ परेका हुन् । घरमै लागु औषधी गाँजाको अड्डा चलाईराखेका पर्सा प्रहरीका डिएसपी ओमप्रकाश खनालका अनुसार साहद्वयले घरबाटै गाँजा बिक्री वितरण गर्ने गरेको सुचना आएपछी उनिहरुलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।

प्रहरीको खानतलासिको क्रममा विक्रि वितरण गर्न राखिएको ७४ किलो गाँजा समेत बरामद गरेको छ । पक्राउ परेका बाबुछोरालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको खनालले जनाए ।

शेयर
प्रतिक्रिया
Skip to content