पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गौतमको नेतृत्वमा मधेस संचार समूह गठन

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष एवम महासंघ मधेस प्रदेशका पुर्व सचिब गुरुप्रसाद गौतमको नेतृत्वमा मधेस संचार समूह गठन भएको छ । बाराको निजगढमा आज शनिबार भएको भेलाले गौतमको नेतृत्वमा संचार समुह गठन गरेको हो । संचार समूहको उपाध्यक्षमा अग्रज पत्रकार गोविन्द घोरसाईने गोकुल, सचिबमा नेपाल पत्रकार महासंघ मधेस प्रदेसका सदस्य महेश्वर अधिकारी र कोषाध्यक्षमा पत्रकार महासंघ बाराका सदस्य ईन्दिप कोईराला र सहसचिबमा प्रल्हाद शर्मा रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा पत्रकार महासंघ बाराका उपाध्यक्ष लक्ष्मी पाण्डे मनिता, थानेश्वर सापकोटा, नवराज चौलागाई , पुर्ण बहादुर विश्वकर्मा उमेश , सुरुची भण्डारी, पवित्रा कुमारी चौलागाई, चादनी अधिकारी र सर्मिला घिमिरे रहेका छन् ।

पत्रकारिता क्षेत्रको विकास, क्षमता अभिबृदी, जनचेतना मुलक कार्यक्रम बारा र प्रदेशमै सञ्चालन गर्ने उद्धेश्य रहेको अध्यक्ष गौतमले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content