कलैयामा सबैभन्दा बढी जनसङख्या र प्रसौनीमा सबैभन्दा कम

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । भर्खरै सम्पन्न राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक भएसगै आ–आफना जिल्ला, पालिका र क्षेत्रको जनसङख्यालाई लिएर बहस भईरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा बाराको जनसङख्या भने सामान्य बृदी भएको देखिएको छ । अघिल्लो २०६८को जनगणना भन्दा यसपटक बारामा सुन्य दशमलव ७५ प्रतिशत जनसङख्या बृदी भएको छ ।

२०६८को जनगणनामा छ लाख ८७ हजार सात सय आठ रहेको जनसङख्या यस २०७८ को गणनामा सात लाख ४३ हजार नौसय ७५ भएको छ । बारामा महिला भन्दा पुरुष केही बढी देखिएको छ । महिला ३६३०८३ भएकोमा पुरुष भने ३८०१९२ छन् । बारामा हाल ११२३२९ घरसङख्या रहेको छ । परिवार सङख्या १३४३९० रहेको छ । ५ दशमलब ५४ परिबारको औसत आकार रहेको प्रारम्भिक नतिजामा छ ।

बारामा सबैभन्दा बढी जनसङख्या बढी कलैया उपमहानगरको १४११७९ रहेको छ  भने दोश्रो जीतपुरसिमरा उपमहानगरपालिकामा एक करोड १९ लाख एक सय ४८ छन ।

त्यसैगरी नगरपालिकाहरुमा सबैभन्दा बढी महागढीमाईको ५९७४४ रहेको छ । त्यसपछि सिम्रौनगढको ५३१०३ , कोल्हबीको ४६२००, पचरौताको ४०२५२ रहेको छ । नगरपालिकाहरुमा सबैभन्दा कम निजगढ नगरपालिकाको ३६५९१ जनसङख्या रहेको छ ।

गाउँपालिकाहरुमध्ये सबैभन्दा बढी सुवर्ण गाउपालिकामा ३५८७५ छ भने त्यसैगरी बारागढी २९८३६, आदर्श कोटबाल २९५८६, करैयामाईमा २९०४५, फेटा २८९२२, देवतालमा २५०८२ , विश्रामपुरमा २३८९१, परवानीपुरमा २२४६६, सबैभन्दा कम प्रसौनी गाउँपालिकाको २१ हजार सात सय ४७ जना रहेका छन् ।

सरकारले जनगणनाका माध्यमले हरेक १०–१० बर्षमा जनसङख्याको घरघरमा गएर तथ्याङक निकाल्ने काम गर्छ । यही जनगणनालाई आधार मानेर सरकारले बजेट , योजना तथा निति नियम तय गर्ने भएको हुदा जनगणनाको ठुलो महत्व छ ।

शेयर
प्रतिक्रिया
Skip to content