पसल फुटाएर मोबाईल चोरी गर्ने बाराका पाँच जना पक्राउ

तराइ संचार
तराइ संचार 987 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । पसल फुटाएर मोबाईल चोरी गर्ने पाँच जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा जिल्लाको प्रसौनी गाँउपालिका वडा नम्बर २ मा रहेको श्री मोबाईल पसल शनिबार बिहान करिब २ बजेको समयमा फुटाएर मोबाईल चोरी गरेकालाई प्रहरीले आज आईतबार पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका वडा नं. १ प्रसौनी बस्ने २२ वर्षीये बलिराम मुखिया, २० वर्षीय राम मुखिया,२४ वर्षीय बिशाल मुखिया, २७ वर्षीय पवन पटेल र वडा नं.४ खुटुवा टोल बस्ने २३ वर्षीये रम्तुलाह अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए ।

 

प्रहरीले विशेष सूचना आधारमा खोजतलास गर्ने क्रममा जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.१ मा बस्ने बिशाल मुखिया संलग्नता रहेको सुराक पाएको प्रहरीले यकिन भएपश्चात मुखियाको घरमा खानतलासी गरेको थियो । सो क्रममा पसलबाट चोरी भएको मालसामान मुखिया सुत्ने कोठाको खाट मुनि लुकाई राखेको ३ बटा झोलामा ९४ थान नयाँ मोबाइल सेट, ब्याट्री, चार्जर, राउटर बरामत गरेको थियो । खानतलासी गर्ने क्रममा प्रहरीले मुखिया घरबाट चामलको बोरामा लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध गाँजा ६ किलो समेत फेला पारेको हो ।

मुखियाको बयानका आधारमा प्रहरीले चोरी कार्यमा संलग्न भएका अन्य ३ जनालाई समेत पक्राउ गरेको हो । उनीहरुलाई डाँका चोरी मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले विज्ञप्ती मार्फत जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content