कलैया । मधेश प्रदेशका सभामुख सरोज कुमार यादवले रथले किचेर ज्यान गुमाएका मृतक परिवारलाई नगद रु २–२ लाख सहयोग गरेका छन् ।
बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ टोल बतरामा बेहुला चढ़नका लागि तयार गरिएको रथले किचेर ज्यान गुमाएका मृतक परिवारलाई सो रकम सहयोग गरेका हुन ।
माघ ९ गते साँझ जन्ति बोक्ने रथले मृत्यु भएका परिवारलाई आज आईतबार भेटेर राहतस्वरुप सभामुख यादबले सो आर्थिक सहयोग गरेका हुन । दुर्घटनामा परी रथमा सवार बतराका बनारसी रामको १५ बर्षीय छोरी नीलम कुमारी र सिम्रौनगढ़ नगरपालिका वडा नम्बर ७ जानकीनगरका दीपेन्द्र रामकी श्रीमती २५ बर्षीय बाल कुमारी रामको मृत्यु भएको थियो।
सो रकम हस्तान्तरण गर्दै सभामुख यादवले , संसद र विभिन्न समस्याले राहत हस्तान्तरण गर्न ढिलो भए पनि यस रकमले परिवारलाई केही सहयोग पुगोस् भनेर बिश्वास लिएको बताउनु भएको छ । “दुःखमा परेका समयमा आफ्ना नागरिकलाई सघाउनु मेरो कर्तव्य भएको बताउदै मृतकहरुको आत्माको शान्तिको कामना गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन । यादबले घाइतेहरुको उपचारमा लाग्ने खर्च समेत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको आदर्श कोतवाल गाउपालिकाका लोसपा युवा नेता तथा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सद्दाम अंसारीले बताए ।