मनाेज शाह
जितपुर बारा
बारा काे अाैधाेगिक नगरी जितपुरमा रहेको शिव शक्ति ध्यु उधाेग प्रालि लेे गर्दा स्थानीय बस्तीका बासिन्दाहरु प्रदुषणमा बस्न बाध्य भएक छन् ।साे उधाेगबाट निस्कने छाईलाई उधाेगले आफ्नो पछाडि अब्यवस्थित तरिकाले फल्ने गरेको छ । सानाे हावाहुरीले आयो भने पनि वडा नम्बर ५ मा रहेको दलित बस्तीमा छाई उडेर जाने गरेको छ । उडेर गएका ति छाईले घरमा राखिएको खाना खान याेग्य नहुने धाेएर सुकाएका लुगाहरुमा छाई टाँसिने,गन्हाएर बस्ने नमिल्ने भएको स्थानीय राजु रामले बताए ।हावाााहुरी अाउछ तब छाई उडेर आँखामाा पस्छ आँखा दुख्छ स्थानीय नागा रामले गुणसाे पाेखे ।
त्यस्तै स्थानीय फुलमति देबीले पनि भनिन् याे उधाेगले जहिले पनि छाई फ्यालछ हामी गाउले जिल्ला प्रशासन मा पनि निबेदन दिएका थियोे केही हुन सकेन ।मेराे आँखा पनि छाईकाे कारण बिग्रेको देबीले बताईन ।
फैहाेरमैला ब्यवस्थापन ऐन २०६८ काे दफ ४(२) काे उपदफ १ अनुसार अाैधाेगिक फाैहाेरमैलाकाे ब्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डकाे अधिनमा रही त्यस्तो फाैहाेरमैला उत्पादन गर्ने ब्यक्ति वा निकायको हुन्छ ।उक्त दलित बस्तीकाेे अावाज दुःख – पिडा कसैले नसुनि रहेको बेला वडा नम्बर ५ का अध्यक्ष माेहित चाैधरीले उक्त बस्तिलाई जसरी पनि छाईकाे उक्त पिडाबाट छुटकारा दिलाएर छाेड्ने बताए ।