पार्किङ्ग गरि राखिएको यात्रु बाहक बसमा आगजनी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 848 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । पार्किङ्ग गरि राखिएको यात्रु बाहक बसलाई अज्ञात समुहद्वारा बसमा आगजनी गरिएको छ । बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ६ स्थित कुमरगढी गाउँमा बस्ने तेज प्रताप चौधरीले छट्ठी घाटको प्राङ्गणमा ना. ७ ख. ३६३५ नम्बरको बसलाई शनिबार रात्रीको समयमा आगजनी गरेका हुन ।

सो आगजनी केका लागि भएको बिस्तृत जानकारी आई नसकेपनि रिसीबिका कारण बसमा आगजनी गरिएको हुन सक्ने स्थानीयको अनुमान छ । संलग्न ब्याक्तिहरुको खोजी कार्य भईरहेको बारा प्रहरीले जनाइएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content