खाल्डोमा डुबेर एक बालकको मृत्यु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.5k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिका– ७ लिचीटोलमा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

कलैया उपमहानगर घर भई हाल निजगढ ७ लिचीटोलमै बस्दै आएका रामाकान्त यादबका छोरा ५ वर्षीय विवेक यादबको जगलाल साहको घर छेउमा रहेको पोखरीमा शव भेटिएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए ।

 

आईतबार दिउसो ३ बजेदेखि हराएका बालक भोलीपल्ट पोखरीमा मृत अबस्थामा फेला परेका हुन ।

घरको भान्छाबाट निस्किने पानी र फोहोर राख्न खनेको खाल्डा खनेर बार समेत नहाली राख्दा हरेक वर्ष बच्चा डुब्ने गरेका छन् । शवपरीक्षणका लागि कलैया स्थीत कलैया अस्पताल पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए

शेयर
प्रतिक्रिया
Skip to content