निजगढ । समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने माग गर्दै सरकारलाई दबाब दिन बाराको निजगढमा राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटिले मशाल जुलुस प्रदर्शन गरेको छ ।
पुर्वपश्चिम लोकमार्गस्थित लायन्स चोकबाट शुरु भएको जुलुशले सरकार विरुद्ध नारा बाजी गर्दै शहिद चोक परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।
शहिद चोक परिक्रमा गरि कोण सभामा परिणत भएको उक्त जुलुसलाई राष्ट्रिय युवा संघ नेपाल निजगढका अध्यक्ष माधव न्यौपानेले सम्बोधन गरेका छन् । सम्बोधनमा न्यौपानेले पाँच दलको सरकारले विभिन्न प्रपञ्च रचेर स्थानीय चुनाव नगराउन खोजिरहेको प्रति सचेत रहन समेत जनतालाई आग्रह गरे । मशाल जुलुसमा एमालेका स्थानीय नेताहरुमा पनि सहभागी भएका थिए ।