१३ केजी चाँदीसहित बाराका एक पक्राउ

तराइ संचार
तराइ संचार 998 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सुरज गौतम
काठमाण्डौ । बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज. ७२०८ नम्बरको टाटा सुमो गाडीमा खानतलासी गर्दा बिल बिनाको करीब १३ केजी चाँदीसहित बाराका एक पक्राउ परेका छन् ।

प्रहरीले दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट बारा सिम्रौनगढ नगरपालिका–८ कचोर्वा घर भएका ३८ वर्षीय रामा शंकर साहलाई पक्राउ गरेको हो । प्रहरीले जाँच गर्ने क्रममा साहलाई उक्त सामान सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहे‍को प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content