आश्विन १३, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठन९डब्लूएचओ० कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटाछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गर्ने दुई किटलाई अनुमति दिएसगै अब ३० मिनेटमै रिपार्ट आउने भएको छ । डब्लूएचओका अनुसार न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको छ । यो परीक्षणका लागि ५ अमेरिकी डलर ९५८८ नेपाली रुपैयाँ० लाग्ने र १५ देखि ३० मिनेटमा परीक्षणको नतिजा आउने बताइएको छ । कोरियाली कम्पनी एसडी बायोसेन्सरले बनाएको कोभिड(१९ एजी सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओले दिएको जानकारीअनुसार ६ महिनाभित्र एन्टिजेनमा आधारित १२ करोड ‘ऱ्यापिड डायग्नोस्टिक टेस्ट’ गरिनेछ । यो परीक्षण गर्भ परीक्षण जस्तै हुने बताइएको छ । टेस्ट किटमा दुई वटा निलो धर्सा देखिए कोरोना पोजिटिभ भएको मानिने पनि डब्लूएचओले बताएको छ । यो परीक्षण चिकित्सक र प्रयोगशालाका कम भएका देशहरुमा प्रभावकारी हुने बताइएको छ ।
परीक्षणका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र टेस्ट किट उत्पादक कम्पनीहरु एबोट र एसडी बायोसेन्सरसँग सम्झौता भएको छ । ‘सजिलै लिएर हिँड्न सकिने र सहज तरिकाको नयाँ परीक्षणको नतिजा १५ देखि ३० मिनेटसम्ममा आउँछ, अब परीक्षणको नतिजाका लागि केही दिन कुर्नपर्ने बाध्यता हट्छ ।