सरकारमा रहेको दलहरुको साझा धारणा आउन नसक्नु दुखद –पुर्व मन्त्री सोनल

तराइ संचार
तराइ संचार 998 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
बारा । एमसिसीको बिषयमा सरकारमा रहेको दलहरुको साझा धारणा आउन नसक्नु दुखद बिषय भएको पुर्व मन्त्री समेत रहेका जितेन्द्र सोनललले बताउनु भएको छ ।

सरकारको समेत फरक फरक कुरा आउनुले लोसपालाई गम्भिर बनाएको भन्दै कुनै बहानाबाजी नगरी यथाशक्य एमसिसी पास गर्नुपर्ने नेता सोनलले बताए । लोसपा एमसिसीको पक्षमा रहेको जानकारी दिदै नेता सोनलले यसले देशका लागि फाईदा नै रहेको तर्क गरे ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम मधेस प्रदेश संसदीय दलका नेता समेत रहेका सोनलले बाराको सदरमुकाम कलैयामा पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएका हुन ।

सरकारले चाडो भन्दा चाडो चुनावको मिती तोक्न उनले माँग गरेका छन । पुर्व मन्त्री समेत रहेका सोनलले समयमा चुनाव नभए संविधानका धेरै धाराहरु निस्कृय भई देशमा संकट आउन सक्ने तर्फ औल्याउनु भयो ।

चुनाव नभए राजनितिक जटिलता पनि आउन सक्ने बताउदै चुनावको मिति तोक्न माँग गरेका हुन । स्थानिय वा संघीय चुनाव जुन पहिला गर्ने हो त्यो चुनावमा लोसपा भाग लिन तयार रहेको भन्दै जनादेशबाट नडराउन सरकारलाई सुझाव दिए ।

अहिले देश गम्भिर मोडमा पुगी सकेको स्मरण गर्दै लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरुका बिच नै असमझदारी हुनुले लोकतान्त्रिक पद्धती नै कमजोर हुने अवस्थाको सृजना हुने कुरामा संसदिय नेताका नेता सोनलले बताए ।

देशको परिस्थिती नै यस्तो बन्दै गईरहेको छ कि कुनैपनि दल एक्लै चुनावमा भाग लिन सक्ने अवस्था नरहेको हुदा लोसपा पार्टी पनि कुनै न कुनै दलसंग सहकार्य गरेर नै चुनावमा जाने निश्चित भएपनि कुन दलसंग सहकार्य हुने भने कुरा पुर्व मन्त्री सोनलले खुलाउन चाहेनन् ।

शेयर
प्रतिक्रिया
Skip to content