सिकेन्द्र पासवान
बारा । नक्कली नोट सहित बारा प्रहरीले एक जनालाई पक्राँउ गरेको छ । २ सय ९६ थान एक हजारको नक्कली नोट सहित ती ब्यतिmलाई पक्राँउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राँउ पर्नेमा रौतहट जिल्ला मौलापुर नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३२ किशोरी साह रहेको प्रहरीले जनाएको छ । ना २५ प १९५७ नम्बरको मोटरसाईकलमा सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बजारबाट हरिहरपुर जाने क्रममा चेकजाच गर्दा उनी पक्राउ परेका हुन ।
घटनाको थप अनुसंन्धान भईरहेको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार बिषेश सुराकीको गोप्य सूचनाको अधारमा प्रहरीले ती ब्यतिmलाई फलोअप गर्दै जादा पक्राँउ गर्न सफल भएको हो ।
यस अघि पनि पटक पटक नक्कली नेपाली रुपैयाको कारोबारमा सम्लग्न भएको आरोपमा रौतहटबाट प्रहरीले पक्राउ गर्दै आएको छ ।