सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ मुसहर बस्तीकी सुकुम्बासी परिवारकी १५ बर्षिय सुजिता माझी अहिले कोरोना, निमोनिया र क्षयरोगका बिरुद्ध लडीरहेकी छिन ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पताल काठमाण्डौमा उपचारत सुजिता माझी बिगत एकहप्तादेखि विभिन्न रोगसग लडी रहेकीछिन । बुबा सोना माझी र सौतेनी आमा रकम अभावले कसरी उपचार गर्ने भनेर चिन्तित रहेका बेला जीतपुरसिमरा उपमहानगरपालिका ४ का वडाअध्यक्ष ईश्वर के.सी. लगायत सिमरा र औराहाका युवाहरुले उपचारमा सहयोगी हात बढाएपछि भने धेरै राहत मिलेको बुबा सोना माझीले बताए ।
वडाअध्यक्ष केसीले सुजिता माझी बचाउ अभियान चलाएर उपचारत माझीलाई भेटघाट गरि बहिनीको स्वास्थमा क्रमिक सुधार रहेको बताएका छन् ।
वडाअध्यक्ष केसीले उपचारमा कुनै कसुर नराख्न आग्रह गर्दै उपचार खर्च चालिस हजार हस्तान्तरण गरेको बताउद सहयोगी दाताहरुमा हार्दिक धन्यवाद दिएका छन् ।
सानी बालिकालाई जिवन जिउनका लागि अस्पतालको शैयामा मृत्युसँग जुधिरहेकी माझीलाई पैसाको अभावले उपचार गर्न कठिन नहोस भनेर कासिम हुसैन, चन्द्रशेखर पाण्डे, रोशित उनिथान, मनिस क्याल लगायतले १०–१० हजार सहयोग गरेका छन् ।
वडाअध्यक्ष केसीको माझी बचाउ अभियानलाई सहयोग गर्दै सिमरा ईनका गोविन्द गहतराजले ५१००, काठमाण्डौ निवासी दिनेश बस्नेतबाट रू ५०००, सन्तोस दहालबाट ३१००, दिपक अधिकारी हेप्पी लेक्यूर्सबाट र रमेश पन्तबाट रू २५००, किसन ढकाल र सनम क्षेत्री बाट रू २१००, अजय चौधरी, निमाजुदिन अन्सारी, समिर लुईटेलबाट १–१ हजार घोषणा भई सकेको र उठेको ४० हजार बुझाईएको केसीले बताए ।
यसअघि औराहाका युवाहरुले २० हजार प्रदान गरी सकेका छन् ।