कलैया । बाराको मा बारागढी गाउपालिका वडा नम्बर २ विसुनपुर्वा टोलमामा भिषण आगलागी हुँदा ९ घर गोठ जलेर नष्ट भएको छ ।
मंगलवार भएको भिषण अगालागीमा घर भित्र राखिएको काठको फर्निचर, झ्याल, ढोका, दाउरा, खाने अन्न लगायतका धनमाल गरी करीब ९ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए ।
आगलागीमा परी जयप्रकाश चौधरी, प्रेमलाल चौधरी, उर्मिला चौधरी, लिलावती थरुनी, देवकान्त चौधरी, लक्ष्मण दास, सुरेश दास, कन्चन दास, शंकर प्रसाद जयसवालको घर गोठ जलेर नष्ट भएको हो ।
प्रेमलाल चौधरीको घरबाट आगलागी सुरु भई नौ वटा घर तथा गोठ जलेर नष्ट भएको हो । ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोली र स्थानीय वासिन्दाको सहयोगमा बुधवार बिहान पौने २ बजे आगो नियन्त्रणमा आएको हो ।
खरले छाएको गोठमा पूर्णरुपमा क्षति पुगेको छ । राति पौने १२ बजेतिर लागेको आगो स्थानीय र सुरक्षाकर्मी मिलेर दुईघण्टापछि नियन्त्रणमा लिएका हुन ।
त्यस्तै बाराको आदर्शकोतवाल गाउँपालिका–४ ईनर्वामल बस्ने अतबुल खा पैठानको घर अगाडि थुपारी राखेको परालमा आगलागी हुँदा ३५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।