कोरोनाका कारण बारा निजगढका एकको मृत्यु

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । कोरोना विरुद्धको कुनैपनि भ्याक्सिन नलगाएका बारा निजगढ वडा नम्बर ४ बागदेव निवासी २२ वर्षीय युवकको मृत्यु भएको छ ।

नारायणी अस्पताल बिरगन्जमा उपचाररत कोरोना भाइरस संक्रमित उनको मृत्यु भएको हो ।
भेन्टिलेटर सपोर्टका लागि माघ १० गते आइतवारका दिन वीरगन्जको एउटा निजी अस्पतालबाट नारायणी अस्पताल पठाईएका पठाइएका युवकको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहका अनुसार माघ १० गते संक्रमण पुष्टि भएका युवकले गम्भीर किसिमको कोभिड निमोनियाबाट संक्रमित थिए । कमजोरी र मांसपेसी सम्बन्धि रोग पहिलादेखि नै लागेको रहेको डा. सिंहले बताए ।

‘युवकलाई अस्पताल ल्याउँदा उनको अवस्था चिन्ताजनक रहेकोमा भेन्टिलेटरमा राखेर उपचार भएपनि अवस्था बिग्रिसकेकाले उनको ज्यान जोगाउन नसकिएको सिंहले बताए । युवकको मृत्युसँगै तेस्रो लहरको कोरोना संक्रमणबाट वीरगन्जमा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने बारामा दुई पुगेको छ । यस अघि महागढीमाईका एकको उपचारका क्रममा मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १२ जनाको मृत्यु भएको छ भने ७५५५ जना संक्रमति अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content