मधेश प्रदेशका पत्रकारहरुको स्वास्थ्य बीमा गरिने

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जनकपुरधाम। मधेश प्रदेशका पत्रकारहरुको स्वास्थ्य बीमा गरिने भएको छ ।

प्रदेशका आठ वटै जिल्लामा कार्यरत सबै पत्रकारको स्वास्थ्य बीमा गरिने भएको छ । आमसञ्चार प्राधिकरणले मंगलबार पत्रकारको स्वास्थ्य बीमा गर्ने सम्बन्धमा सरोकारबालासँग छलफल गरेर यस्तो जनाएको हो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले कलम चलाउने पत्रकारका लागि पहिलो चरणमा बीमा कार्यक्रम गरिने र त्यसपछि अन्य कार्यक्रमहरु पनि ल्याउने बताए । सकृय रुपमा काम गर्ने कोहि पनि पत्रकार बीमा गर्नबाट छुट्न नहुने बताए ।

जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरुको रु ७ लाखको स्वास्थ्य बीमा गरिने जानकारी दिए । उनले उक्त बीमामा स्वास्थ्यका साथै दुर्घटना बीमा पनि समावेश भएको बताए ।

पत्रकार अस्वस्थ्य भएमा वा दुर्घटना भएमा रु १ लाखसम्मको खर्च गरिएको बीमाबाट व्यहोरिने र पत्रकार अशक्त भएमा वा मृत्यु भएमा रु ७ लाख प्रदान गरिने बताए ।

शेयर
प्रतिक्रिया
Skip to content